फेरी पक्राउ परे सिके राउत

राउतका कार्यकर्ता पनि पक्राउ

काठमाडौं, १४ पुस । हिजो मात्रै पक्राउ परेर छुटेका मधेसी आन्दोलनका अगुवा सिके राउत आज फेरी पक्राउ परेका छन् ।
महोत्तरीको जलेश्वर नगरपालीकामा आयोजना गरिएको एक कार्यक्रममा जाने क्रममा कार्यकर्ता सहित राउतलाई प्रहरीले पक्राउ गरेको हो ।
सम्बोधनको लागि नगरपालीका चोकमा जाँदै गर्दा उनलाई पक्राउ गरिएको बुझिएको छ । जिल्ला प्रहरी कार्यलयका प्रहरी निरिक्षक नरेश महतोको नेतृत्वमा गएको टोलीले राउतलाई पक्राउ गरेको हो ।
आज विहानै देखि नगरपालिकामा कार्यक्रमको तयारी गरिएको थियो । जनसभाको लागि खटिएका राउतका कार्यकर्तालाई विहानै देखि नै प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ पर्नेमा देवेन्द्र चौधरी, सुरेश पाण्डे गजेन्द्र गुप्ता लगायत दुई दर्जन कार्यकर्ता रहेका छन् ।
मधेश टुक्राउने अभिव्यक्ति दिएको अभियोगमा राउतलाई यसअघि पनि पक्राउ गरि राजधानी ल्याइएको थियो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कुश्मा नगरका ३० जना मेलमिलापकर्तालाई एक हप्ते मेलमिलाप सम्बन्धि तालिम

टि.यु.भी सर्टिफिकेट पाएपछी बन्दीपुर केवलकार कमर्शियल अपरेसनमा ल्याउने

किर्तीमानी आरोही बुढा मगरलाई सम्मान, आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ– अध्यक्ष तिमिल्सिना

पोखरा–रिडी पर्यटकीय सडक निर्माणमा रुसको चाँसो,बिस्तृत प्रतिबेदन माग

विद्यालय जोगाउने काइदा : शिक्षकलाई विशेष भत्ता र नियमित खाजा