आगोको मुस्लो सहितको विमान काठमाडौंमा अवतरण

काठमाडौं, १४ पुस । भारतको मुम्बर्इबाट काठमाडौं आउँदै गरेको जेट एयरवेजको विमानमा एक्कासी आगो लागेको छ ।
विमानमा चरो ठोक्किएका कारण इञ्जिनमा आगो लागेपछि आगोको मुस्लो सहित विमान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओलिएको छ । आगो लागेपनि विमान सकुशल अवतरण भएको र यात्रुहरु विमानबाट ओर्लिएको विमास्थलका अधिकारीले जनाएका छन् ।
प्रत्यक्षदर्शीहरुका अनुसार जेट एयरवेजको जहाज ९W२६८ ललितपुरको हात्तीवन माथिको आकाशमा आइपुग्दा धुँवाको मुस्लो निस्किएको थियो ।
विमानस्थल नजिकै रहेकाले विमान सफलतापूर्वक ल्याण्ड भएको छ ।
‘विमानमा ठोक्किएको चराको मासुका टुक्राहरु इञ्जिनमा देखिएको छ भने प्राविधिकहरुले थप जाँच गरिरहेका छन् ।

सम्बन्धित समाचार

सवारी चालकमाथि सार्वजनिक अपराध मुद्दा

दमौली, २७ मंसिर । मादक पदार्थ सेवन गरी तनहुँ जिल्लाभित्र सवारी साधन चलाउने तीन जना चालकविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँले…

प्राकृतिक विपदभन्दा सडक दुर्घटनाले ज्यान गुमाउने धेरै

काठमाडौं, २७ मंसिर । सडक दुर्घटना र प्राकृतिक विपद् कुनले पछिल्लो समय बढी मानवीय र आर्थिक नोक्सानी गरेको होला भन्ने…

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’