सवारी दुर्घटना कम गर्न ताजगी केन्द्र स्थापना

उदयपुर, ४ पुस । लामो दूरीको यात्रामा सवारी चालकको थकान तथा तनावको कारण सवारी दुर्घटना हुने क्रम बढ्दै गएपछि उनीहरुलाई विश्राम गर्न सिद्धिचरण लोकमार्गअन्तर्गत सिरिसे गाविसको बेतेनीमा पहिलो पटक ताजगी केन्द्रको स्थापना गरिएको छ ।

उदयपुरको कटारी हुँदै बेतेनी तथा घुर्मी भएर ओखलढुङ्गा तथा खोटाङ जिल्लासम्म सञ्चालन हुने लामा दूरीका सवारी चालकका लागि केही समय भएपनि आराम गर्न र तरोताजा बन्न बेतेनीमा ताजगी केन्द्रको स्थापना गरेको कुरा हिमाली यातायात व्यवसायी सङ्घ कटारीले बताएको छ ।

पुस २ गतेदेखि बेतनीमा औपचारिक रुपमा ताजगी केन्द्र सञ्चालनमा ल्याइएको कुरा हिमाली यातायात व्यवसायी सङ्घ कटारीका प्रमुख शत्रुधन कार्कीले बताए । यस केन्द्रमा भौतिक पूर्वाधार पूर्ण रुपमा तयार नभएसम्म बेतेनी बजारका स्थानीयवासीले सवारी चालक तथा यात्रुलाई समेत शौचालय, पानी प्रयोग गर्न दिने र खाजानास्ताको समेत व्यवस्था गर्ने भएको छ ।

केही समयमा पछिनै स्थानीय गाविस तथा हिमाली यातायात व्यवसायी सङ्घ कटारीको पहलमा आराम गर्ने घर तथा छुट्टै खानेपानीको धारा र शौचालयको व्यवस्था गर्न लागिएको बताइएको छ ।

अब सिद्धिचरण लोकमार्गअन्तर्गत सञ्चालन हुने साना तथा ठूला जुनसुकै सवारीका साधनले पनि दैनिकरुपमा सिरिसेको बेतेनीमा कम्तीमा पनि पाँच मिनेटसम्म सवारी रोकेर चालकसहित यात्रुले समेत आराम गर्नुपर्ने अनिवार्य व्यवस्था गरिएको छ ।

ताजगी केन्द्रको नियम नमान्ने सवारीका चालकलाई कारबाही गरिने प्रावधानसमेत रहेको कुरा इलाका प्रहरी कार्यालय कटारीले बताएको छ ।

सम्बन्धित समाचार

बाटो भत्कदा आवतजावत बन्द

जाजरकोट, ३० पुस । जाजरकोटको उत्तर पूर्वी क्षेत्रमा पर्ने जाजरकोट डोल्पा जाने बाटोअन्तर्गत लहाँको खारास्थित बाटो भत्किएपछि आवतजावत बन्द भएको…

सङ्घर्षको तयारीमा एमाओवादी नेतृत्वको मोर्चा

काठमाडौँ, ६ पुस । एकीकृत नेकपा (माओवादी) नेतृत्वको १९ दलीय मोर्चाले प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा (एमाले)सँग वार्ता…

बामदेवका सल्लाहकार नेपालको राजीनामा

काठमाडौं,६ पुस । उपप्रधानमन्त्री एबम् गृहमन्त्री बामदेव गौतमका प्रमुख राजनीतिक सल्लाहकार प्रदीप नेपालले आइतबार पदबाट राजीनामा दिएका छन् । नेपाल…

समयमै संविधान जारी नभए दुर्भाग्य – नेम्वाङ

काठमाडौँ, ४ पुस । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले माघ ८ मा नयाँ संविधान जारी गर्नका लागि राजनीतिक दलहरुबीचमा थप क्रियाशीलता…

Comments are closed

भर्खरै view all

एकीकृत समाजवादीका उपाध्यक्ष केदार न्यौपानेले पार्टी छाडे , स्थायी समिति सदस्य चूडामणि जंगली पनि बाहिरिए

आमाको सम्झनामा १३ औ पुण्यतिथिमा मिर्गौलापिडितलाई एक लाख सहयोग

नेष्डो समृद्ध लघुवित्तले ७३ प्रतिशत लाभांश दिने

चैते दसैँमा गण्डकी प्रदेशले बिदा दिने

समयभित्रै मन्त्रीहरुलाई बैठकमा अनिवार्य उपस्थित भइसक्न राष्ट्रियसभाद्वारा सरकारलाई रुलिङ