पुस ८ गते पत्रकार महासंघको देशव्यापी प्रदर्शन

संचारमाध्यम अनुगमन तीव्र पार्ने

fnj-logoकाठमाडौं, २८ मंसिर । नेपाल पत्रकार महासंघले माघ ८ गते संविधान जारी गर्न दवाव दिने उद्देश्यले पुस ८ गते संविधानसभा भवन छेउमा प्रदर्शन गर्ने निर्णय गरेको छ ।

काठमाडौंमा उपलब्ध केन्द्रीय समिति सदस्यहरुको आइतवार बेको बैठकले यस्तो निर्णय गरेको महासचिव उजिर मगरले विज्ञप्ती निकालेर जनाएका छन् ।
यसैगरी सोही दिन महासंघका जिल्ला शाखाले जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गर्ने निर्णय भएको छ ।
यसबीचमा अन्तरक्रिया कार्यक्रमहरु जारी राख्ने निर्णय समेत महासंघले गरेको छ ।

महासंघको बैठकले श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको समस्या थप जटिल बन्दै गएको भन्दै समाधानको लागि सञ्चारमाध्यमहरूमा पहल लिन जिम्मेवारी बाँडफाँड गरेको छ ।

अध्यक्ष डा. महेन्द्र विष्टले सरकारी स्वामित्वका सञ्चारमाध्यममा पहल लिनेछन भने उपाध्यक्ष खिलबहादुर भण्डारीले निजी स्वामित्वका रेडियोमा स्टेशनमा पहल लिनेछन् । यस्तै उपाध्यक्ष अनिता बिन्दुले टेलिभिजनहरूमा र महासचिव उजिर मगरले छापा तथा अनलाईन संचारमाध्यमहरुमा पहल लिने जिम्मेवारी पाएका छन् ।

 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका

बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना