शुल्क वृद्धिको विरोधमा क्याम्पसहरुमा तालाबन्दी

कपिलवस्तु, २८ मङ्सिर । शुल्क वृद्धिको विरोध गर्दै विद्यार्थी सङ्गठनहरुले जिल्लाका सबै क्याम्पसमा संयुक्त रुपमा तालाबन्दी गरेका छन् । क्याम्पसले गरेको ५० प्रतिशत भन्दा अधिक शुल्क वृद्धिको विरोधमा जिल्लाका सातवटा क्याम्पसमा एकैसाथ तालाबन्दी गरिएको अनेरास्ववियुका जिल्ला सचिव प्रकाश गौतमले बताए ।
तालाबन्दी अघि विद्यार्थी सङ्गठनले विद्यार्थीको पठनपाठनलाई अवरोध नहुने गरी शुल्क वृद्धि फिर्ताको माग गर्दै विभिन्न कार्यक्रम सञ्चालन गरेका थिए ।
क्याम्पस प्रमुखलाई कालो झन्डा देखाउने, लेखा शाखामा तालाबन्दी, क्याम्पस प्रमुखलाई कार्यकक्ष प्रवेशमा रोकलगायतका दबाबमूलक कार्यक्रमहरु सञ्चालन गर्दा पनि आफूहरुको माग सुनुवाइ नभएपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको अनेरास्ववियुका सचिव गौतमले बताए ।
विद्यार्थी सङ्गठनसँग कुनै किसिमको सुझाव माग र समन्वय नगरी एकाएक गरिएको शुल्क वृद्धि फिर्ता नहुन्जेल ताला नखोलिने नेपाल विद्यार्थी सङ्घ कपिलवस्तुका सभापति राकेश पाण्डेले बताए । सभापति पाण्डेले शुल्क वृद्धिको विरोधमा सम्पूर्ण विद्यार्थी एकजुट भई क्याम्पस प्रशासनको विरोधमा उत्रन आह्वानसमेत गरे ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

नेष्डो समृद्ध लघुवित्तले ७३ प्रतिशत लाभांश दिने

चैते दसैँमा गण्डकी प्रदेशले बिदा दिने

समयभित्रै मन्त्रीहरुलाई बैठकमा अनिवार्य उपस्थित भइसक्न राष्ट्रियसभाद्वारा सरकारलाई रुलिङ

पर्वत सेवा समाज कतारको अध्यक्षमा शर्मा

मिलन ओपन स्काउट कृयू दल समितिको दिक्षान्त समारोहमा समाजसेवी गुरुङ