स्वास्थ्य शिविरबाट २७६ जना लाभान्वित

पोखरा, २८ मंसिर । सहारा क्लब पोखराको आयोजनामा पोखरा–१७ दोबिल्लामा आज भएको स्वास्थ्य शिविर तथा औषधि वितरण कार्यक्रममा २७६ जना लाभान्वित भएका छन् ।
पद्म नर्सिङ होम र फिस्टेल हस्पिटलको प्राविधिक सहयोगमा भएको उक्त शिविरमा १२४ जना पुरुष र १५२ जना महिलाले निःशुल्क स्वास्थ्य परीक्षण गराएको कार्यक्रमका संयोजक केशव बरालले जानकारी दिए ।
शिविरमा निर्मल पोखरी, भरतपोखरी, कृस्ती, भोटेपोखरी, दोबिल्ला, प्रगतिटोल, महत गौडा र तनहुँका केही गाविसका जनता स्वास्थ्य परीक्षणका लागि शिविरमा आएका थिए ।
शिविरमा हाडजोर्नी, नशा, पेट, छाती तथा मुटु, आँखा, कान, घाँटी, छाला, स्त्रीरोग, बालरोगको जाँच गरिएको थियो ।
शिविरमा ती दुवै स्वास्थ्य संस्थाका चिकित्सकसहितको ३३ जनाको स्वयंसेवी टोली संलग्न रहेका थिए ।

सम्बन्धित समाचार

छ वर्षदेखि बेपत्ता डाक्टरको खोजी अस्पताल

जाजरकोट, २७ मंसिर । जिल्ला अस्पतालका एक चिकित्सक विगत छ वर्षदेखि बेपत्ताको सूचीमा परेका छन् । सप्तरी जिल्लाको बेलही गाविस–६…

तत्काल धुमपान छोड्ने १० अचुक उपाय

एजेन्सी । तपाईलाई धुमपान गरेपछि त्यसबाट पर्ने असरहरुको बारेमा थाहा छ तर तपाईलाई यसको लत छ । र छोड्न चाहानुहुन्छ…

शास्त्रको अनुशार यी बारहरुमा कपाल र दाह्री काट्न हुँदैन

परम्परादेखि नै कपाल र दाह्री काट्न बार पर्नुपर्छ भन्ने मान्यता रहेको छ । यो पनि मान्यता छ की अशुभ बारमा…

एचआइभी/एड्सबाट ११२ जनाको मृत्यु

भीमदत्तनगर, १२ मंसिर । कञ्चनपुरमा एचआइभी÷एड्सबाट हालसम्म ११२ जनाको मृत्यु भएको छ । हालसम्म भेटिएका ४२६ सङ्क्रमितमध्ये ११२ जनाकोे मृत्यु…

Comments are closed

भर्खरै view all

कुश्मा नगरका ३० जना मेलमिलापकर्तालाई एक हप्ते मेलमिलाप सम्बन्धि तालिम

टि.यु.भी सर्टिफिकेट पाएपछी बन्दीपुर केवलकार कमर्शियल अपरेसनमा ल्याउने

किर्तीमानी आरोही बुढा मगरलाई सम्मान, आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ– अध्यक्ष तिमिल्सिना

पोखरा–रिडी पर्यटकीय सडक निर्माणमा रुसको चाँसो,बिस्तृत प्रतिबेदन माग

विद्यालय जोगाउने काइदा : शिक्षकलाई विशेष भत्ता र नियमित खाजा