संसद सेवा दिवसको समापन गरिदै

काठमाडौं, २८ मंसिर । संसद सेवा दिवसको आज समापन गरिने भएको छ । दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम गरेर आज विशेष समारोहका बीच समापन गरिने भएको हो ।
सभामुख सुवासचन्द्र नेम्वाङले दिउँसो १ बजे सिंहदरबारमा रहेको पुरानो संसद भवनमा दिवसको समापन गर्न लागेको संसद सचिवालयले जनाएको छ ।
संसदमा सहभागी पाँचै दलका सचेतक सहभागी हुने भएका छन् । दिवसको अवसर पारेर आज उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गरिने भएको छ ।
यस्तै कविता वाचन, दौड, हाजिरीजवाफ लगायतको प्रतियोगितामा पहिलो हुनेलाई पुरस्कार दिइने भएको छ । नेपालमा ३ वर्ष देखि मंसिर २८ गतेलाई संसद सेवा दिवसको रुपमा मनाउन थालिएको हो । ३ बर्ष अघि संसद सेवा ऐन लागु भएको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।

सम्बन्धित समाचार

मतदानको प्रक्रियामा जाने काङ्ग्रेस एमालेको निश्कर्ष

काठमाडौं, ३० पुस । प्रमुख दुई सत्तारुढ दलहरु नेपाली काङ्ग्रेस र नेकपा एमालेले मतदानको प्रक्रियाबाट संविधान जारी गर्नुपर्ने निश्कर्ष निकालेका…

आदीवासी जनजातिले मार्चपास गर्ने

काठमाडौं, ३ मंसिर । आदीवासी जनजातिले राजधानीमा मार्चपास गर्ने भएका छन् । आदिवासी जनजाति राष्ट्रिय आन्दोलनको आयोजनामा राजधानीमा आदीवासी जनजातिको…

संविधानसभामा संवाद समितिको प्रतिवेदनमाथि छलफल

काठमाडौं, २९ मंसिर । संविधान सभाको बैठकमा आजबाट संबैधानिक राजनैतिक संवाद तथा सहमति समितिको प्रतिवेदन माथि पुनः छलफल शुरु भएको…

एक वर्षमा संविधानसभामा साढे ३४ करोड सकियो

काठमाडौँ, ८ मंसिर । आगामी माघ ८ मा नयाँ संविधान आउने नआउने टुंगो छैन । तर संविधानसभा अध्यक्ष, सभासद र…

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’