नेपाली भूमीमा प्रवेश गरेर भारतीय प्रहरीद्धारा नेपालीमाथी कुटपिट

महोत्तरी, २७ मंसिर । महोत्तरीको मटिहानीमा नेपाली भूमिमा प्रबेश गरेर भारतीय प्रहरीले नेपाली नागरिक माथि निर्घात् कुटपिट गरेका छन् ।
भारतीय सीमा सुरक्षा बल एसएसबीका जवानहरुको कुटपिटबाट ७ जना भन्दा धेरै नेपाली नागरिक घाईते भएका छन् ।
घाइते मध्ये एक जनाको अबस्था गंभिर रहेको महोत्तरी प्रहरीले जनाएको छ । घाइते हुनेमा मटिहानीका गणेश चौधरी, राकेश मण्डल, राकेश यादब, शिवा साह, राजुप्रसाद गुप्ता, उर्मिला देबी लगायत रहेका छन् ।
उनीहरुको जिल्ला अस्पताल जलेश्वरमा उपचार भैरहेको महोत्तरीका प्रहरी उपरिक्षक सौरभ राणाले जानकारी दिए । मटिहानी नजिकै रहेको भारतीय बजार मधवापुरमा ड्यूटिमा बसेका दुई जना भारतीय एसएसबीका महिला जवानलाई भारतीय युवाहरुले नै जिस्क्याएको निहुँमा उत्पन्न भएको विवादपछि भारतीय प्रहरीले नेपाली भूमिमा प्रबेश गरेर नेपाली नागरिकलाई कुटपिट गरेका हुन् ।
ड्यूटिमा बसेका एसएसबीका महिलाले खबर गरेपछि ठूलो संख्यामा घटना स्थलमा पुगेको एसएसबी फोर्सले भेटेजती सबैलाई लाठी र बन्दुकले कुटपिट गरेका थिए । कुटपिटबाट जोगिन मधवापुरका स्थानियबासी भागेर नेपाली भूमि मटिहानीतिर आएपछि एसएसबीका जवानले नेपाली भूमिमै प्रबेश गरेर भेटेजति सबैलाई कुटपिट गरेका हुन् ।
एसएसबीको कुटपिटपछि तनावग्रस्त बनेको नेपाल भारत सीमा क्षेत्रको बजार मटिहानी र मधवापुर शान्त बनेको छ । नेपाल भारत दुबै तर्फका सुरक्षाकर्मी बसेर छलफल गरेपछि विवाद साम्य भएको छलफलमा सहभागि जिल्ला प्रहरी प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरिक्षक नरेश महतोले जानकारी दिए ।

सम्बन्धित समाचार

एक महिनादेखि हराएका वृद्धको शव भेटियो

इलाम, ३० पुस । एक महिनादेखि हराइरहेका मावुका एक वृद्धको शव सडेगलेको अवस्थामा स्थानीयले भेटेका छन् । मङ्सिर २५ गतेदेखि…

जापानमा नेपाली विद्यार्थीको राहत केन्द्र बन्दै ओसिस

पछिल्लो केही समययता नेपालबाट विद्यार्थी भिसामा जापान आउने दैनिक जसो बद्ढै गएका छन । केही समय मेहनत गर्दा पढाइसँगै हुने…

जातीय भेदभाव तथा छुवाछूतका घटना बढे

काठमाडौं, २८ मंसिर । मुलुकका विभिन्न स्थानमा जातीय भेदभाव तथा छुवाछूतका घटना बढ्दै गएको छ । राष्ट्रिय दलित आयोगका अनुसार…

मृगौला पीडितलाई आर्थिक सहयोग

सोलुखुम्बु, २८ मंसिर । छेस्काम ७ सोलुखुम्बु निवासी मृगौला पिडित सुब्बाधनी राई र जुबु ८ सोलुखुम्बु निवासी पक्षघात पीडित दिलमाया…

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’