कुवेतबाट फर्केर बाख्रापालन व्यवसायमा

बागलुङ, २४ मंसिर । विदेश छिरेका खुङ्गा गाविसका युवा स्वदेश फर्केर व्यावसायिक बाख्रापालनतिर लागेका छन् । रोजगारीका लागि कुवेत पुगेका खुङ्गा–२ का गणेश थापा, लिलाजङ छन्त्याल्लगायतले गाउँमै बाख्रापालन व्यवसाय सुरु गरेका हुन् ।

विदेशमा खर्चने जति दुःख र मेहनतले स्वेदशमै आत्मनिर्भर हुन सकिन्छ भन्ने विश्वासका साथ युवाहरूले व्यावसायिक बाख्रापालन गर्न थालेका हुन् । खुङ्गा–२ मा ढोरपाटन कृषि तथा पशुपालन समूह बनाएर उनीहरू कृषि उद्यमतिर अग्रसर बनेको समूहका अध्यक्ष गणेश थापाले जानकारी दिए ।

पहिलो चरणमा २५ वटा स्थानीय जातका बाख्राबाट व्यवसाय सुरु गरेकोमा अहिले बाख्राका सङ्ख्या थपिएको छ । स्थानीय नौजना युवाहरू समूहमा आवद्ध भएपनि बाख्रापालनका लागि चारजनाले लगानी गरेका छन् । सुरुमा रु चार लाख १७ हजार लगानी भएको अध्यक्ष थापाले बताए ।

बाख्रा विस्तार गर्ने, बजारीकरण गर्नेसँगै व्यावसायिक तरकारी खेती पनि सुरु गर्ने तयारीमा रहेको बताइएको छ । समूहले व्यवसायबाट आउने कुल नाफाको ५० प्रतिशत समुदाय विकासमा खर्चने उद्देश्य पनि राखेको छ । बाख्रापालन सुरु भएपछि दुई जना स्थानीयले रोजगारीसमेत पाएका छन् ।

व्यावसायिक कृषि अपनाउने समूहलाई अनुदान, प्रविधि सहयोग गरिने कृषि प्रसार अधिकृत विप्लब अधिकारीले बताए ।

सम्बन्धित समाचार

उन्नति माइक्रो फाइनान्सद्वारा वित्तीय कारोबार सुरु

रुपन्देही, २६ मंसिर । रुपन्देहीको पड्सरीमा केन्द्रीय कार्यालय रहेको उन्नति माइक्रो फाइनान्स वित्तीय कम्पनील आफ्नो कारोबार सुरु गरेको छ ।…

गहुँखेतीप्रति कृषकको आकर्षण घट्दो

ललितपुर, २५ मंसिर । जिल्लामा हरेक वर्ष गहुँखेती गर्ने कृषकहरु क्रमिक रुपमा घट्ने गरेको जिल्ला कृषि विकास कार्यालय ललितपुरले बताएको…

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’