मेसीको ह्याट्रिकमा बार्सिलोना विजयी

ह्याट्रिकमा रोनाल्डोलाई पछ्याउँदै मेसी


एजेन्सी, २२ मंसिर । अर्जेन्टिनी तथा वार्सिलोनाका स्ट्राइकर लियोनेल मेसीको ह्याट्रिकसँगै वार्सिलोनाले स्पानियोललाई ५–१ ले हराएको छ ।
गएराती भएको खेलमा वार्सिलोनाले स्पानियोललाई हराएको हो ।
जितसँगै बार्सिलोना ३४ अंकसहित लिग अंक तालिकाको दोश्रो स्थानमा उक्लिएको छ ।
पहिलो स्थानको रियल म्याड्रिडको ३६ अंक छ । १३ औं मिनेटमा गोल खाएर पछि परेको बार्सिलोनाका लागि मेसीले पहिलो हाफ सकिनै लाग्दा गोल गर्दै खेल बराबरीमा ल्याए । खेलको दोस्रो हाफमा भने वार्सिलोनाले थप चार गोल गर्न सफल भयो । जसमा मेसीले थप दुई गोल गरी ह्याट्रिक पुरा गरे ।
मेसीले ५० औं र ८१ औं मिनेटमा गोल गर्दै ला लिगामा ह्याट्रिक संख्या २१ पुर्‍याए । बार्सिलोनाका लागि जेरार्ड पिकेले ५३ औं र सब्सिच्युटका रुपमा ७० औं मिनेटमा मैदान छिरेको ७ मिनेटपछि पेड्रोले एक गोल गरे ।
मेसीले जारी प्रतियोगितामा प्रतिस्पर्धी रियल म्याड्रिडका स्टाइकर क्रिस्टियानो रोनाल्डोलाई पछ्याईरहेका छन् ।
आइतबार रातीको खेलमा इस्पानियोलविरुद्ध ह्याट्रिक गरेका मेसीको लालिगामा ह्याट्रिक संख्या २१ पुगेको छ । शनिबार रातीको खेलमा रोनाल्डोले २३ औं ह्याट्रिक गरेका थिए ।
भिल्ला रियल र सेभिल्ला बिजयी
स्पेनिस ला लिगाका आइतबार रातीकै अरु खेलमा भिल्ला रियल र सेभिल्ला बिजयी भएका छन् । भिल्ला रियलले रियल सोसिडाडलाई ४–० ले हरायो । सेभिल्लाले भने रायो भलकानोलाई १–० ले पराजित गर्‍यो । ग्रानडा र भ्यालेन्सियाबीचको खेल एक एकको बराबरीमा सकियो ।

सम्बन्धित समाचार

नयाँ खासा संविधानबाट गरिएको विकासको आशा

काठमाडौँ,  भदौ ३१ । नेपालको नयाँ संविधान बुधबार संविधानसभा बैठकबाट पारित भएपछि रत्नपार्कमा फुटपाथ पसल गर्दै आउनुभएकी सुकमेली थामीको अनुहारमा…

एसीसी यु १९ क्रिकेटमा आज कुवेत र युएई भिड्दै

काठमाडौं, २७ कार्तिक । एसीसी अण्डर १९ प्रिमियर लिग क्रिकेटमा आज आयोजक कुवेत र युएई भिड्ने भएका छन् । कुवेतमा…

Comments are closed

भर्खरै view all

कुश्मा नगरका ३० जना मेलमिलापकर्तालाई एक हप्ते मेलमिलाप सम्बन्धि तालिम

टि.यु.भी सर्टिफिकेट पाएपछी बन्दीपुर केवलकार कमर्शियल अपरेसनमा ल्याउने

किर्तीमानी आरोही बुढा मगरलाई सम्मान, आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ– अध्यक्ष तिमिल्सिना

पोखरा–रिडी पर्यटकीय सडक निर्माणमा रुसको चाँसो,बिस्तृत प्रतिबेदन माग

विद्यालय जोगाउने काइदा : शिक्षकलाई विशेष भत्ता र नियमित खाजा