छानिए ११ जना उत्कृष्ट कविहरु

सिड्नी । लुम्बिनी–कपिलवस्तु दिवस विश्व अभियानको छैटौं बार्षिकउत्सवको अवसरमा गरिएको साहित्यीक महोत्सवबाट ११ जना उत्कृष्ट कविहरु छानिएका छन् ।
अभियानको वार्षिकउत्सव मनाउने क्रममा वुद्ध र लुम्बिनी बिषयमा केन्द्रित भएर अन्तराष्ट्रिय साहित्यिक महोत्सब मनाउने हेतुले “वुद्ध जन्मेको देशमा आजका स्वर–लहरीहरु” शीर्षकमा अन्तराष्ट्रिय साहित्यिक महोत्सबको आयोजना भएको थियो ।
वुद्धको जन्मस्थल बिषयमा सिर्जित विश्वव्यापी भ्रम निस्तेज गरी सत्यको प्रतिरक्षा, लुम्बिनीको प्रचार प्रसार गरी पर्यटन प्रबर्द्धन, वुद्धका सन्देशहरुको प्रचार प्रसार गरी विश्व शान्तिमा योगदान गर्ने उद्धेस्यले लुम्बिनी–कपिलवस्तु दिवस विश्व अभियान सुरु गरिएको थियो । अभियानको छैटौं बार्षिकी मनाउने क्रममा वुद्ध र लुम्बिनी बिषयमा केन्द्रित भएर अन्तराष्ट्रिय साहित्यिक महोत्सब मनाइएको हो ।
डा मधु माधुर्यको मुल संयोजकत्वमा गठित १३ सदस्यीय मूल आयोजक समितिले “वुद्ध जन्मेको देशमा आजका स्वर–लहरीहरु” शीर्षकमा अन्तराष्ट्रिय साहित्यिक महोत्सब आयोजना गरेको हो ।
बरिस्ठ साहित्यकारहरु डा. कविताराम श्रेष्ठ, कृष्णप्रकाश श्रेष्ठ र दामोदर पुडासैनी रहेको तीन सदस्यीय निर्णायक मण्डलले कविहरुको मुल्याङ्कन गरेको थियो ।
मूल्यांकन अनुसार उत्कृष्ट पाँच जना कवीहरुमा बिनोद न्यौपाने (वेलायत), बिबेक भण्डारी (युएइ), शमा श्री (इजरायल), डा मन मूर्ति भुर्तेल (रसिया) र जगत नबोदित (वेलायत) परेका छन् । त्यसपछिका छ जना उत्कृष्ट कवीहरुमा दीपक आचार्य ‘जलन’ (कुबेत), बिशाल शाह (न्यू योर्क), लालानाथ घिमिरे (खाँदबारी, नेपाल), जीवन श्रेष्ठ (गोर्खा, नेपाल), डा. साबित्रा काफ्ले (अस्ट्रेलिया), मोहन आचार्य जलाद (पोर्तुगल) र नारायण थापा रहेका छन् ।
अभियानद्धारा छिट्टै काठमाण्डौंमा आयोजना गरिने बिशेष कार्यक्रमका बीच पहिलो पाँच जनालाई जनही रु १० हजार र प्रमाणपत्र र पछिल्लो छ जनालाई प्रमाणपत्र प्रदान गरिने अभियानका संयोजक रामकुमार श्रेष्ठले अनलाइन चौतारीलाई जानकारी दिए ।
महोत्सवमा बाचन गरिएका कविताहरुलाई प्रतियोगी र अप्रतियोगी गरी दुई किसिममा बाँडिएको थियो । प्राप्त कविताहरुलाई बिशेष तयारीका साथ बुटवलबाट सन्चालित खस्यौली एफएम ९१.८ का रोहित ढकाल, सुमन श्रेष्ठ, सरोज कंडेल र कपिल ज्ञवालीले तयार गरी प्रसारण गरेको थिए भने अस्ट्रेलियाको एडिलेडबाट सन्चालित रेडियो, मेलबर्नबाट सन्चालित नेपाली संचार, कपिलवस्तुको रेडियो बाणगंगा, रेडियो मायादेवी, भ्वाइस अफ शाङ्रिला, रेडियो जनादेश र रेडियो मैत्रीले समेत ऐक्यबद्धता स्वरुप प्रसारण गरेका थिए ।
यस कार्यक्रमको लागि आबश्यक आर्थिक ब्यबस्थापन सुमन खरेल (रसिया), बिकल आचार्य (वेलायत), बिमल गिरी (बेल्जियम) र बिनोद अधिकारी (कुवेत)ले गरेका थिए ।
अभियानले वुद्ध र लुम्बिनीमा केन्द्रित भएर नेपाली एबं बिदेशी बिशिस्ठ ब्यक्तिहरुलाई सहभागी गराएको छ ।
अभियानले यसअघि रेडियो मार्फत लगातार २४ र २५ घण्टे कार्यक्रमको आयोजना यस अघिका बर्षहरुमा गरिसकेको थियो । त्यसपछि लुम्बिनी र वुद्ध बिषयमा केन्द्रित भएर पहिलो पटक अन्तरराष्ट्रिय रुपमा यसरी साहित्यिक कार्यक्रम आयोजना भएको हो ।
कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबैलाई अभियानको तर्फबाट अभियानका बिस्व संयोजक रामकुमार श्रेष्ठले एक बिज्ञप्ती मार्फत धन्यवाद दिंदै आभार प्रकट गरेका छन् ।

सम्बन्धित समाचार

सिड्नीमा तामाङ ल्होछारको भव्य तयारी

सिड्नी । सिड्नीमा तामाङ ल्होछार साँझको भव्य तयारी भैरहेको छ । तामाङ सोसाइटी अफ एनएसडब्लु को आयोजनामा आगामी जनवरी २४…

व्रिसवेनमा दशककै शक्तिशाली आँधी, ५० हजार घर अन्धकार

व्रिसवेन । क्वीन्सल्याण्डको दक्षिण पश्चिमी क्षेत्र व्रिसवेनमा आएको दशककै ठूलो आँधीका कारण जनजीवन अस्तव्यस्त भएको छ । १ सय ४०…

शिशुलाई ढलमा फाल्ने आमा नियन्त्रणमा

सिड्नी । आफ्नो नवजात शिशुलाई वेवारिसे अवस्थामा ढलमा फालेपछि सिड्नी प्रहरीले एक आमालाई पक्राउ गरेको छ । प्रहरीले पक्राउ गरिएकी…

रहेनन् अष्ट्रेलियन क्रिकेटर फिलिप ह्युग्स

सिड्नी । खेलको दौरानमा गम्भिर घाइते भएका अष्ट्रेलियाका चर्तित क्रिकेटर फिलिप ह्युग्सको निधन भएको छ । उनी दक्षिण अष्ट्रेलिया र…

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’