अध्यात्म रामायण र भानुभक्तीय रामायणको तुलनात्मक अध्ययन प्रकाशित

नेपाल प्रज्ञा–प्रतिष्ठानले रामचन्द्र पौडेलद्वारा लिखित ‘संस्कृत अध्यात्म रामायण र भानुभक्तीय रामायणको तुलनात्मक अध्ययन’शीर्षक कृति हिन्दी भाषामा प्रकाशन गरेको छ । प्रज्ञा–प्रतिष्ठानको अनुसन्धानात्मक कार्यअन्तर्गतको सो कृति यहाँस्थित भारतीय दूतावासको सहयोगमा प्रकाशन गरिएको सदस्यसचिव प्रा डा जीवेन्द्रदेव गिरीले जानकारी दिए ।

प्रज्ञा–प्रतिष्ठान परिसरमै भारतीय दूतावासको करिब रु पाँच करोडको सहयोगमा निर्माण सम्पन्न हुन लागेको पुस्तकालयको व्यवस्थित सञ्चालनका लागि समिति निर्माण गर्ने र छिट्टै पुस्तकालयसम्बन्धी गोष्ठी गरिने जनाइएको छ ।

यस्तै प्रज्ञा–प्रतिष्ठानको निमन्त्रणामा यही आगामी पुस २ गते चिनियाँ लेखक संस्थाको एक प्रतिनिधिमण्डल पाँच दिनका लागि यहाँ आउने र प्राज्ञ–लेखकसँग भेटघाट र अन्तक्र्रिया गर्ने तथा भक्तपुर, ललितपुर र लुम्बिनी भ्रमण गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कुश्मा नगरका ३० जना मेलमिलापकर्तालाई एक हप्ते मेलमिलाप सम्बन्धि तालिम

टि.यु.भी सर्टिफिकेट पाएपछी बन्दीपुर केवलकार कमर्शियल अपरेसनमा ल्याउने

किर्तीमानी आरोही बुढा मगरलाई सम्मान, आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ– अध्यक्ष तिमिल्सिना

पोखरा–रिडी पर्यटकीय सडक निर्माणमा रुसको चाँसो,बिस्तृत प्रतिबेदन माग

विद्यालय जोगाउने काइदा : शिक्षकलाई विशेष भत्ता र नियमित खाजा