रोमाको अगुवाईमा महिला कारागारमा सांस्कृतिक कार्यक्रम

“दिगो विकासको लागि प्रविधीमा प्रतिवद्धता” भन्दै २३ औँ अन्तराष्ट्रिय अपाङ्ग दिवसको अवसर पारेर अपाङ्ग कलाकार रोमा न्यौपानेको अगुवाईमा महिला कारागारमा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । महिला बन्दि गृहमा बन्दि जीवन बिताई रहेका ३२५ जना महिलाहरुको माझ सकारात्मक सोचको बिकास अभियान अन्तर्गत गरिएको कार्यक्रममा हास्य कलाकार निरु खड्का, गायीका मिन्ग्स लामा, सीता सुबेदी, शिरोमणि दवाडी लगायतको टोलिले आफ्ना विभिन्न प्रस्तुतिहरु सहित साथ दिएक थिए भने जेल जिवन बिताईरहेका बन्दीहरुले पनि नाचेर कार्यक्रम सहभागिता जनाएका थिए ।

जेलर गोबिन्द मणि भुर्तेलको प्रमुख आथित्यमा सम्पन्न भएको सो कार्यक्रममा गीत नाच तथा गजलहरु प्रस्तुत गरिएको थियो । अपांगता भएकाहरु सबै समस्यामा छन । त्यस माथि महिलाहरु बढी मर्कामा परेका छन । उनिहरुको स्वास्थ्य र प्रजनन अधिकार सुरक्षित छैन । सर्बोच्च अदालतले दिएका कतिपय आदेश समेत सरकारले मानेको छैन । प्रविधिले साङ्ग र अपाङ्गको दुरी घटाउने तथा स्वाबलम्बी जीवनका लागि आधुनिक प्रविधिमा अपांगता भएकाहरुको पहुच पुर्याउन यस्ता अभियानले सघाउ पुग्ने सोचका साथ कार्यक्रम गरिएको कलाकार रोमा न्यौपानेले बताईन् ।

सम्बन्धित समाचार

दर्शकको मन जित्दै ‘डिग्री माइला’

नेपालमा बर्सेनि १७ हजारले स्नातकोत्तरको अध्ययन सिध्याउँछन् तर कतिले त्यसलाई जीवनमा उतार्छन् त ? सायद यो प्रश्न अनुत्तरित होला ।…

सलमानले हेप्ने गरेको सोनाक्षीको दुखेसो

अभिनेता सलमान खानको को -एक्टरको रुपमा चलचित्र दबंगबाट बलिउडमा डेब्यू गरेकी अभिनेत्री सोनाक्षी सिन्हाले सलमानले आफूलाई हेप्ने गरेको गुनासो गरेकी…

‘जज्बा’मा वकिल बन्दै ऐश्वर्या, हुने छैन एक्शन सिन

केहि समय पहिलादेखि बलिउड अभिनेत्री ऐश्वर्या रायको कमब्याक चलचित्र जज्बामा जर्बदस्त एक्शन सिन हुनेछ भन्ने समाचारको निर्देशक संजय गुप्ताले खण्डन गरेका…

यसकारण चल्यो ‘श्री ५ अम्बरे’

हुन त दीपा बस्नेतले निर्देशन गरेको पहिलो चलचित्र अन्तरालले नै धेरैको वाहवाही पाएको थियो । तर बिडम्बना त्यहि सबैले राम्रो भनेको चलचित्र…

1 Comment for “रोमाको अगुवाईमा महिला कारागारमा सांस्कृतिक कार्यक्रम”

  1. भ्याद पिडित समुह

    जबसम्म यी ठग रोमा न्यौपाने ले VAD संस्थाबाट ठगिएर पिडित बनेका लाखौ लाख रकमका पिडितलाई राहत दिंदैनन, यस्ता ठग महिलालाई फेरी ठगी धन्दामा प्रोत्साहित गराउनका लागि यस्ता समाचार प्रकासमा नल्याउनु नै राम्रो होला । यस्ता धुर्त, खुन्कार अनि अपांगताको नाउँमा कलंकित पात्रलाई दया, अवसर भन्दा पनि पहिला यिनलाई सजाय दिनु पर्छ । अपांगले जे जे फट्याई, ठगी गर्दा पनि हुने र ? यस्ता कलंकितले आफ्नो पापको, कालो आवरणलाई ढाक्न यो बिचमा धेरै खेल खेल्दै छिन । एक जना अपांग ठगले गर्दा अरुलाई असर नपरोस । यो कुरामा मिडिया जगत सचेत हुँदा राम्रो होला यदि सत्य, तथ्य, जनताका आवाज बुलन्द गराउने समाचारको आवाज हो भने । जबकी आफै समाचार स्रोत बनेर समाचार छपाउने ठग नम्बर १, अपांगताको नाउँमा कलंकित सायद नेपालमै पहिलो घटना हुन सक्छ अपांगताको क्षेत्रमा …

Comments are closed

भर्खरै view all

बजेट अभावमा पर्वतका दुई दर्जन बढि खानेपानीका आयोजना अलपत्र

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका