केन्यामा भएको हत्याको राष्ट्रसङ्घीय महासचिवद्वारा निन्दा

संयुक्त राष्ट्रसंघ, १७ मंसिर । संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले मङ्गलबार केन्यामा भएको आमहत्याको कडा शब्दमा निन्दा गरेका छन् । उत्तरी केन्यामा भएको सो हत्या मानवता विरुद्धकै अपराध हो भन्दै त्यसमा संलग्नलाई कडा भन्दा कडा कारबाही गर्न उनले माग गरेका छन् ।

उत्तरपूर्वी केन्यामा बन्दुकधारीको एक समूहले आक्रमण गरी ३६ कामदारको आमहत्या गरेको थियो । सो कार्यको विश्वव्यापी रुपमा निन्दा गरिएको छ । मानडेरा सहरनजिकै सोमालियाको सीमामा पर्ने एक इलाकामा मङ्गलबार बिहान सबेरै आक्रमणकारीको एक समूहले सुतिरहेका कामदारहरुलाई छानी छानी हत्या गरेको थियो ।

त्यहाँ निर्माणको काममा संलग्न रहेका उनीहरु त्रिपालमा सुतिरहेका थिए । उनीहरु सबैलाई लाइनमा उभिन लगाएर मुस्लिम र गैरमुस्लिम नागरिक भन्दै छानिएको प्रत्यक्षदर्शीले जनाएका छन् । यसरी छानेपछि शसस्त्र हतियारधारीको सो जत्थाले गैरमुस्लिम नागरिकलाई मात्र लाइनमा राखेर हत्या गरेका समाचारमा जनाइएको छ ।

बुधबार एक विज्ञप्ति प्रकाशन गरी महासचिव बानले उक्त कार्यको निन्दागर्दै मारिएका परिवारका सदस्यहरुप्रति समवेदना प्रकट गरे । सो स्थानमा सोमालियाको अल–कायदासँग आवद्ध अल सबाब र अन्य आतङ्ककारी समूहले शृङ्खलावद्ध रुपमा आक्रमण गराउँदै आएका केन्याली सञ्चारमाध्यमले जानकारी दिएका छन् ।

सोमालियाली इस्लामिस्ट अतिवादी समूहले सो आक्रमण गरेको छ । सोमालियाली अल सबाब समूहले सो हत्याको जिम्मेवारी लिएको छ । महासचिव बानले यस हत्यामा संलग्नहरुलाई कानुनको कठघरामा उभ्याउन केन्या सरकारसँग माग पनि गरेका छन् । यस्ता आतङ्कवादी क्रियाकलापबाट कदापि बिचलित नभर्ई बढ्न आग्रह गर्दै आतङ्कवादको निर्मूलका लागि संयुक्त राष्ट्रसंघ सधैं केन्याको पक्षमा रहने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् ।

सम्बन्धित समाचार

बङ्गलादेशमा विपक्षीको आन्दोलन चर्कियो

ढाका, ३० पुस । बङ्गलादेशमा सरकारविरुद्धको आन्दोलन झनै चर्र्र्किएको  छ । आन्दोलनका क्रममा बुधबारमात्र चारजनाको ज्यान गएको बताइएको छ ।…

बम विस्फोटमा छ विद्यार्थी घाइते

अफगानिस्तान, २८ मङ्सिर । अफगानिस्तानको राजधानी काबुलबाट ११५ किलोमिटर पूर्वमा अवस्थित नानर्गाहार प्रान्तको प्रान्तीय राजधानी जलालाबाद सहरमा भएको एक बम…

पहिरो परी बीसको मृत्यु असी भन्दा बढी बेपत्ता

इन्डोनेसिय, २८ मंसिर । इन्डोनेसियाको जाभा द्वीपको मध्य भागमा पर्ने बाङ्जानेगारा जिल्लामा गत शुक्रबार गएको पहिरोमा परी मर्ने व्यक्तिको सङ्ख्या…

आत्मघाती आक्रमणको संयुक्त राष्ट्रद्धारा गहिरो चिन्ता

संयु्क्त राष्ट्रसंघ, २६ मंसिर । अफगानिस्तानको राजधानी काबुलमा बिहीबार भएको दुई वटा आत्मघाती बम आक्रमणको संयुक्त राष्ट्रसंघद्वारा गहिरो चिन्ता व्यक्त…

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’