अदालतमा भन्दा मन्दिरमा विश्वास, मन्दिरमा मुद्दाको चाङ

बाजुरा जिल्लाको कोल्टी गाविसमा रहेको तलिगोठी कैलाशको मन्दिरमा विसं १९९० भन्दा अगाडिका मुद्दा छानविन हुन बाँकी रहेको खुलासा भएको छ । अहिलेको २१औँ शताब्दीका मान्छेले देवताको आस्था भुली नास्तिक वनेकाले यो सत्यता नमान्लान् तर सेती, महाकाली, कर्णाली अञ्चल र भारतका केही ठाउँका जनताका लागि यो न्यायिक आस्थाको धरोहरका रुपमा चिनिने गरेको छ ।

कैलाशको मन्दिरमा दिनमा चारभन्दा बढी मान्छेका मुद्दामाथि बहस हुने गर्छ भने त्यतिले नै त्यस धाममा तारिख लगाउने र उजुरी गर्ने गर्दछन् । सरकारी अदालतमा भन्दा त्यस धाममा बढी उजुरी रिट गर्न गएको अवस्था हुन्छ ।

ती देउताले नेपालको राजनीतिक अवस्था र भविष्यमा हुने खतराका बारेमा समेत भविष्यवाणी गर्ने र ज्यानमारा, जग्गासम्वनधी मुद्दा, कुटपिट, न्यायिक, चोरी डकैती, हाडनाता, जबर्जस्ती करणी र सन्तानका भोकालाई सन्तानको बरसमेत दिने गरेको जनविश्वास यस क्षेत्रमा आएका श्रद्धालु बताउँछन् । विसं १९९० मा जग्गासम्वनधी मुद्दा परेका बझाङ जिल्ला चौधारी गाविसका भीमबहादुर थापा भन्छन्, “बुबाको पालामा मेरो जग्गा खाएको हुँदा सो फिराद गरेको हुँ ।

“बुबालाई गाउँका ठालुले अदालतमा मुद्दा दिएर घुस खुवाएर मुद्दा जितेपछि बुबा तलिगोठी कैलाशमा पुगेको बताउनुहुन्थ्यो, त्यसको तारिख लगाउन आएको छु । देउताले अपराधीलाई बोलाउँछु भनेर बसेको छु । अर्को रु १२ को पनि मुद्दा छ, त्यसको छिनोफानो गर्न आएको हँु”, थापा भन्छन् ।

त्यसैगरी, पाँच वर्ष अगाडि श्रीमतीको मुद्दा परेका कोल्टीका धनरुप जोशी भन्छन्, “हामीले अदालतमा जाने हो भने पहँुच पुग्दैन, केही कागजपत्र मिलाउन पनि जान्दैनाँै, खर्च बढी हुन्छ । बाठाले जित्छन्, हामीले निसाफ पाउँदैनौँ, त्यसैले यस ठाउँमा कागजपत्र केही गर्नु पर्दैन सजिलो छ ।”

गरिब र पीडामा परेका मान्छेको पक्षमा फैसला हुनेहँुदा हामीले यस ठाउँमा फिराद गरेका थियौँ, आज दोषीलाई समातेर ल्याएपछि फैसला भयो चित्त बुझ्यो– उनी भन्छन् । “पैसा हुनेले मात्र सरकारी अदालतमा काम गर्न सक्छन्, खर्चिलो छ । हामीजस्ताका लागि यो ठीक छ, सही निसाफ पाइन्छ । सबै गरिब जनता यस ठाउँमा आउने गरेका छन्”, उनी भन्छन् ।

यो धाममा यस्तो सत्यता भए पनि यस ठाउँका जनताको समस्या आफ्नै खालको छ । आउने सबै दर्शनार्थीको सेवासुविधा धामीले नै व्यहोर्नुपर्ने हुन्छ । खान बस्न सबै आफँैले व्यहोर्नुपर्ने अवस्था रहेको तलिगोठी कैलाशका धामी मोतीलाल रोकायाको गुनासो छ ।

सरकारले त्यस क्षेत्रका लागि केही गरेको अवस्था देखिँदैन । तथापि दुई वर्ष पहिले तलिगोठीमा मन्दिर वनेको छ । यस ठाउँमा आउने ताडिकेहरु र कैलाशको कारबाहीमा परेकाहरु बस्न धर्मशाला निर्माण गरेमा मात्र जनताले सेवा पाउने थिए । सबै जनतालाई दैनिक खाना खानका लागि अहिले समस्या छ । त्यो समाधानका विषयमा राज्यले सोच्न जरुरी छ ।

सम्बन्धित समाचार

पिसाब फेर्दै गर्दा पिसाब सँगै सर्प निस्कियो (भिडियो सहित)

बिभिन्न स्याण्ड म्यानहरुले सर्पसँग खेलेर मनोरञ्जन दिएको त हामीले देख्दै सुन्दै आएकै कुरा हो । तर सँगै पिसाब फेर्न गएको साथीको…

के तपाई भर्जिन श्रीमान चाहनुहुन्छ ? भन्ने प्रश्नमा महिलाको बिचित्रको जबाफ (भिडियो सहित)

हामीले यस्ता धेरै सर्वेहरु देखेका छौं जसमा पुरुषसँग महिलाको बिषयमा बिभिन्न जिज्ञासा राख्ने गरिन्छ । जस्तो कि तपाई कस्तो श्रीमती…

महिलाले कण्डम खरिद गरेको भिडियो भयो भाइरल (भिडियो सहित)

हाम्रो समाजमा महिलाहरु अझै पनि कण्डम किन्ने आट गर्न सक्दैनन् । कतिपय पुरुष पनि कण्डम किन्न जादा पसलमा केटी देखे…

काग कराउदा ५ शब गायब

भारतको बिहार स्थीत पूर्णिया जिल्लामा एक काग कराउदा पाँचवटा शब हराएको समाचार यतिबेला सामाजिक संञ्जालमा भाईरल भइरहेको छ । यो घटना…

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’