बलीउड चलचित्र ‘यारा’को निर्माण युनिट नेपालमा

बलीउड चलचित्र ‘यारा’को निर्माण टोली ४ दिनको छायांकनका लागि नेपाल आएको छ । चलचित्रका मुख्य कलाकार श्रुती हसन, इरफान खान, विद्युत सहितको ६२ जनाको टोली नेपाल आएको हो । उनीहरु यतिबेला काठमाण्डौको र्याडिसन होटलमा बसिरहेका छन् । दिकपाल सुतलियाको निर्देशनमा बन्न लागेको यो चलचित्रमा महिपाल सिंह राठोरको लगानी छ । चलचित्रको छायांकन पाटन दरबार र नगरकोटमा हुनेछ । नेपालबाट पनि केही कलाकारले काम गर्ने बताइएको यस चलचित्रमा चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसी, महासचिव अनन्त तिमिल्सिना लगातका टोली आवद्ध छन् ।

पछिल्लो समय बलीउडका चलचित्रहरुको शुटिङ नेपालमा गर्ने क्रम बढ्दो छ । सुटिङ गर्नेदेखि बिभिन्न कार्यक्रममा सहभागी हुन बलिउड चलचित्रकर्मी नेपाल आईरहेका छन् । केही महिना अगाडी मात्र भारतका चर्चित अभिनेता अक्षय कुमारले अभिनय गरेको चलचित्र बेबीको छायांकन नेपालमा भएको थियो भने नायक आमिर खान एक कार्यक्रममा सहभागि हुन नेपाल आएका थिए । त्यस्तै यसै महिनाको अन्त्यमा भारतका चर्चित कमेडियन कपिल शर्मा र मेलोडी गायक सोनु निगम नेपालको एक संगीतिक कार्यक्रममा सहभागि हुनेछन् ।

सम्बन्धित समाचार

सलमानले हेप्ने गरेको सोनाक्षीको दुखेसो

अभिनेता सलमान खानको को -एक्टरको रुपमा चलचित्र दबंगबाट बलिउडमा डेब्यू गरेकी अभिनेत्री सोनाक्षी सिन्हाले सलमानले आफूलाई हेप्ने गरेको गुनासो गरेकी…

‘जज्बा’मा वकिल बन्दै ऐश्वर्या, हुने छैन एक्शन सिन

केहि समय पहिलादेखि बलिउड अभिनेत्री ऐश्वर्या रायको कमब्याक चलचित्र जज्बामा जर्बदस्त एक्शन सिन हुनेछ भन्ने समाचारको निर्देशक संजय गुप्ताले खण्डन गरेका…

बर्ष २०१४ मा बलिउडका दश सफल चलचित्र

बर्ष २०१४ ले कोल्टे फेर्दै गर्दा बलिउडमा बर्षभरी प्रदर्शनमा आएका चलचित्रहरुको लेखा जोखा शूरु भएको छ । कुन चलचित्र सय…

छोरीले मेरा चलचित्रहरु मन पराउदिन -काजोल

काजोल देभगन अभिनित अभिकाँश चलचित्रहरुले बलीउडमा सफलता हात पारेका छन् । काजोल र शाहरुख खान अभिनित चलचित्र दिल वाले दुल्हनिया…

Comments are closed

भर्खरै view all

पश्चिम पृतनामा भूपू सैनिक सम्मेलन सुरु

समाजसेवी गुरुङको पहलमा ब्लड क्यान्सर पिडीतलाई ३ लाख सहयोग

एमाले प्रमुख सचेतक गिरी निर्वाचन क्षेत्रका मतदाता भेटघाटमा ब्यस्त

एम्पायर हल सञ्चालक पर्वतको कुस्माका गिरीले लण्डनको अल्डरसटमै खोले सुसी मोटो रेष्टुरेन्ट

विवादित विधेयकप्रति एमालेको भूमिका-देशको हितविरुद्धका जुनसुकै कदमको प्रतिवाद गर्छौँ : प्रमुख सचेतक गिरी