अनुसन्धान आयोगको सूचनाप्रति सेना, प्रहरी र सशस्त्र प्रहरी सशंकित

काठमाडौं, ८ मंसिर । आगामी बुधवार देखि सुरु हुने दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १८ औं शिखर सम्मेलनमा विदेशी पाहुनाहरुको आगमनसँगै उपत्यकाको सुरक्षा गस्तीमा नेपाली सेना खटिएको छ । तीन दिनअघि देखि नेपाली सेनाले उपत्यकाका सवै क्षेत्रमा गस्ती सुरु गरेको छ ।
एरिया कभरेज तथा फोकस क्षेत्रमा पहिलेदेखि नेपाली सेनाले सामान्य सूचना संकलन सहित गस्ती सुरु गरेको भए पनि तीनदिन अघिदेखि चक्रपथभित्रको क्षेत्रमा नेपाली सेनाले गस्ती बढाएको सैनिक प्रवक्ता सहायकरथी जगदीश पोखरेलले बताए । उनका अनुसार सार्क सम्मेलन हुने स्थल तथा चक्रपथ भित्रका सवै क्षेत्रमा सेनाले गस्ती गरिरहेको छ ।
सार्क सुरक्षामा कुनै कमजोरी हुन नदिन नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले पनि उपत्यकामा सुरक्षा गस्ती बढाएका छन् ।
सडकका दायाँबायाँ तथा गल्लीहरुमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको गस्ती पनि बढेको छ । सेना र प्रहरीका अधिकृृतहरु पर्याप्त संख्यामा सादा पोशाकमा समेत खटिएका छन् ।
सार्वजनिक स्थलमा हुने सुरक्षाकर्मीको बाक्लो उपस्थिति र चेकजाँचको अवस्थाले नै सुरक्षा प्रभावकारिताको संकेत दिने भएकाले सुरक्षा सतर्कताका अधिकांश गतिविधि अदृष्य समेत हुने गरेको सुरक्षा अधिकारीहरुले जनाएका छन् । देखिने गरी गस्तीमा खष्टिनुका साथै सादा पोशाकमा सूचना संकलन गर्दै सुरक्षा सजगतासमेत अपनाइएको गृह मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।
जाँचमा सक्रिय भएर लागेको राष्ट्रिय अनुसन्धानको सूचना सतही र झारा टार्ने मात्र भएको तीन सुरक्षा निकायका अधिकारीहरुले ठहर गरेका छन् । त्यही कारणले तीनै सुरक्षा निकायले आ–आफ्नै संयन्त्र खडा गरी सूचना संकलनको काम गरिरहेका छ्न । आजको राजधानी दैनिकमा खबर छ ।

सम्बन्धित समाचार

मुख्य सडक छेउ फोहोर फाल्ने महानगरको निगरानीमा

काठमाडौं, ८ मंसिर । रातीको समयमा कसैले नदेख्ने गरी सडक छेउ वा चोक र गल्लीमा फोहर फाल्दै हुनुहुन्छ भने ध्यान…

सार्कमा सुरक्षाका लागि २८ हजार सुरक्षाकर्मी

काठमाडौं, ८ मंसिर । १८औँ सार्क सम्मेलनका लागि २८ हजार सुरक्षाकर्मी खटिएका छन् । गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालका अनुसार…

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’