अष्ट्रेलियामा घर जोड्ने सुनिताको रहर ! (भिडियो सहित)

लोकप्रिय गायिका सुनिता दुलाल सांगीतिक कार्यक्रमको सिलसिलामा थुप्रै देशहरु घुमिसकेकी छिन् । यसैक्रममा यही नोभेम्बर २२ देखि डिसेम्बर ५ तारिखसम्म उनी अष्ट्रेलियाको बिभिन्न शहरहरुमा हुन गईरहेको स्पन्दन साँझमा आफ्नो प्रस्तुति लिएर उपस्थित हुने छिन् । यो कार्यक्रमको पूर्व सन्ध्यामा सुनिताले अष्ट्रेलियामै घरबार जोड्ने रहर ब्यक्त गरेकी छिन् । उनैको नाममा युट्यूवमा अपलोड गरिएको भिडियोमा उनले यस्तै आसय ब्यक्त गरेकी छिन् । साथै उनले आफ्नो पनि प्रस्तुति रहने सो कार्यक्रममा सहभागी हुन संपूर्ण अष्ट्रेलियवासी नेपालीहरुलाई आग्रह गरेकी छिन् । नेपालको काठमाडौमा रहेका दुःखी, रोगी र असहायहरुको सयोगार्थ अष्ट्रेलियन नेपाल पब्लिक लिङ्कको आयोजनामा स्पन्दन साँझ कार्यक्रम गर्न लागिएको हो । नोभेम्बर २२ तारिख शनिबारका दिन पिटर्सम स्थित १०७ क्रिष्टल स्ट्रेटमा रहेको पिटर्सन टाउन हलमा कार्यक्रम हुने भएको छ । कार्यक्रममा सुनिताका अलवा नेपालमा लोकगीतको क्षेत्रमा सर्वाधिक चर्चामा रहेका पशुपति शर्माका र नायिका केकी अधिकारीको पनि बिशेष प्रस्तुती रहनेछ । कार्यक्रममा स्थानीय कलाकारहरुले पनि विभिन्न प्रस्तुती दिने भएका छन् । कार्यक्रममा सहभागिताका लागि सहयोगार्थ ३० अष्ट्रेलियन डलर तय गरिएको आयोजकहरुले जनाएका छन् ।


सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कुश्मा नगरका ३० जना मेलमिलापकर्तालाई एक हप्ते मेलमिलाप सम्बन्धि तालिम

टि.यु.भी सर्टिफिकेट पाएपछी बन्दीपुर केवलकार कमर्शियल अपरेसनमा ल्याउने

किर्तीमानी आरोही बुढा मगरलाई सम्मान, आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ– अध्यक्ष तिमिल्सिना

पोखरा–रिडी पर्यटकीय सडक निर्माणमा रुसको चाँसो,बिस्तृत प्रतिबेदन माग

विद्यालय जोगाउने काइदा : शिक्षकलाई विशेष भत्ता र नियमित खाजा