खाजा पसलमा यौन क्रियाकलाप, आठ जना पक्राउ

चितवन २३ कार्तिक । खाजा खुवाउने पसलमा यौन क्रियाकलाप गरेको आरोपमा चितवन प्रहरीले दुई पुरुष सहित आठजनालाई समाएको छ । शुक्रबार साँझ भरतपुरका दुई खाजा पसलबाट उनीहरुलाई समाएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिएसपी शान्तिराज कोइरालाले जानकारी दिएका छन् ।
प्रहरीले भरतपुर नगरपालिका वडा नं ९ स्थित केन्द्रीय बसपार्कमा रहेको कालिगण्डकी खाजा घरबाट ३६ वर्षकी एक महिला १८ वर्षका दुई युवतीसहित २६ वर्षको एकजना युवकलाई समाएको छ। सो खाजा घरका साहूले केश मिलाउनपर्‍यो भन्दै प्रहरीलाई पाँच हजार रुपैयाँ घूस दिन लागेको पनि प्रहरीको भनाइ छ।
त्यस्तै भरतपुर नगरपालिका वडा नं १० हाकिमचोकमा रहेको प्रियंका खाजा घरबाट प्रहरीले देहव्यपारमा संलग्न भएको आरोपमा थप चारजनालाई पक्राउ गरेको छ। प्रहरीले ३५ वर्षकी एकजना महिला २३ र २४ वर्षका दुई युवती तथा ३५ वर्षका पुरुषलाई समाएको आजको नागरिक दैनिकमा समाचार छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

एकीकृत समाजवादीका उपाध्यक्ष केदार न्यौपानेले पार्टी छाडे , स्थायी समिति सदस्य चूडामणि जंगली पनि बाहिरिए

आमाको सम्झनामा १३ औ पुण्यतिथिमा मिर्गौलापिडितलाई एक लाख सहयोग

नेष्डो समृद्ध लघुवित्तले ७३ प्रतिशत लाभांश दिने

चैते दसैँमा गण्डकी प्रदेशले बिदा दिने

समयभित्रै मन्त्रीहरुलाई बैठकमा अनिवार्य उपस्थित भइसक्न राष्ट्रियसभाद्वारा सरकारलाई रुलिङ