सार्कको निहुँ पारी काठमान्डौमा बन्ने भए दुर्इ पार्क

शुल्क तिरेर मात्र छिर्न पाइने

काठमाडौं, २० कार्तिक । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १८ औं शिखर सम्मेलनको मौकामा दुईवटा पार्क ब्यवस्थित गरिने भएको छ ।
काठमाडौ उपत्यका विकास प्राधिकरणले वर्षौर्देखि बेवारिसे बनेको नारायण चौरमा नन्दीकेशर बगैंचा र कमलपोखरीमा पार्क बनाउन लागेको हो ।
प्राधिकरण नगरि विकास आयुक्त डा।भाइकाजी तिवारीले तीन करोड रुपैंयाँ लागतमा पार्क निर्माण गर्न लागिएको जानकारी दिए ।
‘पार्क निर्माण गर्ने योजना अघिदेखिकै हो’, उनले भने,’पार्क बनाउन सार्कको अवसरलाई छोप्यौं ।’ सार्कमा नेपाल आउने विशिष्ट अतिथिको सवारीलाई समावेश नगरिए पनि साथमा आएका अन्य पाहुना त्यही बाटो भएर आवतजावत गर्ने उनले जानकारी दिए ।
अतिक्रमणका कारण नारायणचौर र कमलपोखरीमा २३(२३ रोपनी जग्गा बाँकी छ । सरकारी र सामाजिक सेवामा रहेका ब्यक्ति र संस्थाले समेत सरकारी जग्गा अतिक्रमण गरेका स्थानीय सर्वसाधारण बताउँछन् ।
नारायणचौरमा बगैंचा निर्माण कार्य सकिने अवस्थामा पुगेको छ भने कमलपोखरीमा सम्पूर्ण निर्माण कार्य सकिन अझै तीन महिना लाग्ने प्राधिकरणले जनाएको छ । आयुक्त तिवारीले कमलपोखरीमा प्रवेशका लागि शुल्कसमेत लिइने जानकारी दिए ।
नारायणचौरमा दूबोका साथै वरिपरि रुख रहनेछ भने बस्नका लागि ठाउँँठाउँमा बेञ्च रहनेछ । त्यस्तै कमलपोखरीमा वरिपरि उद्यानका साथै बीचमा सफा पोखरी हुनेछ । कमलपोखरीमा फाउन्टेन पनि राखिने तयारी रहेको आजको गोरखापत्र दैनिकमा खबर छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

बजेट अभावमा पर्वतका दुई दर्जन बढि खानेपानीका आयोजना अलपत्र

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका