सभासद् ज्यू ! थाहा पाउनु भयो कि भएन ?

महेश श्रेष्ठ

सभासद् ज्यू  !

भर्खरै साउदी अरबको सडक दुर्घटनामा सिरहाका तीन मुसलमान नेपालीहरुको मृत्यु भयो । उनीहरु तपाईका लागि भत्ता जुटाउन रेमिटेन्सन आर्जन गर्दै थिए । त्यसो त केही महिना अघि  तनहुँकी शोभा परियार हलाल भईन । उनी पनि हजुरहरुकै चिटिक्क परेको पोशाक जुटाउन  अरबीको रातोदिन महिनौदेखि यातनाको व्युहार्तन भोगिरहेकी थिईन् ।

सभासद् ज्यू  ! थाहा पाउनु भएकी भएन ?

ईजरायलकी अनु कोइरालाको अल्पआयुमै मृत्यु भो । हजुरहरुकै भुजाका लागि वर्षौंदेखि अल्जाइमर्सहरु स्याहार्दै थिईन् ।

अझै थुप्रै अनुहरु डिमेन्सिया, प्यारालाईसिसका वृद्धवद्धाहरु स्याहार्दै छिन्   । हजुरहरुकै घर बहाल पुर्याउन केही दिन अघि युएईमा किसाले सडकमा ज्यान दिईन । साउदीमा राई, लिम्बू, लामा, नेवार, यादवसबै युवाहरु अलपत्र छन्  ।  कोरिया होस् वा युरोप, अमेरिका या अष्ट्रेलियामा रगत पसिना बगाई राछन् ।

सभासद् ज्यू  !
उनीहरु फेरीफेरी मुंग्लानिन चाहान्दैनन्  र, नै विदेशबाट चुपचाप देशमा रेमिट्यान्स पठाई राछन् । देशले संविधान पाओस् भनि विदेशमा अहोरात्र ज्यान दिई खटी राछन्  । हाम्रा भावी पिडीले अब रुन नपर्ने युगयुगलाई हुने नयाँ संविधान मागि राछन्  । यस पटक त संविधान दिनु होला ।  शान्त, समृद्ध राष्ट्र हुने नयाँ नेपाल निर्माण हुने संविधान चाहि राछन् । देशले बर्खी बार्न नपर्ने आमाहरुले रुन नपर्ने राम्रो हाम्रो संविधान चाही राछन्  ।

सभासद् ज्यू  !  यसपटक त वाचा पुरागरी संविधान दिनु होला गाऊगाऊले बाटो हेरीराछन् ।

(लेखकको फेसबुकबाट)

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कुश्मा नगरका ३० जना मेलमिलापकर्तालाई एक हप्ते मेलमिलाप सम्बन्धि तालिम

टि.यु.भी सर्टिफिकेट पाएपछी बन्दीपुर केवलकार कमर्शियल अपरेसनमा ल्याउने

किर्तीमानी आरोही बुढा मगरलाई सम्मान, आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ– अध्यक्ष तिमिल्सिना

पोखरा–रिडी पर्यटकीय सडक निर्माणमा रुसको चाँसो,बिस्तृत प्रतिबेदन माग

विद्यालय जोगाउने काइदा : शिक्षकलाई विशेष भत्ता र नियमित खाजा