फरक शैलीमा ‘सरी ल’

आउँदो शुक्रवारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘सरी ल’को राजधानीमा बिशेष प्रदर्शन गरिएको छ । राजधानीको बिग मुभिजमा प्रदर्शन गरिएको चलचित्र हेर्न चलचित्र युनिटसहित सिनेकर्मीहरु तथा सञ्चारकर्मीहरु उपस्थित थिए । चलचित्र हेर्ने अधिकांश कलाकार तथा पत्रकारहरुले चलचित्र उत्कृष्ट बनेको प्रतिकृया दिएका थिए । त्रिकोणत्मक प्रेमकथामा आधारीत यो चलचित्रले उठाएको बिषय वास्तविक जस्तै बनेको प्रतिक्रिया उनीहरुको थियो ।

निर्माता प्रदिपकुमार उदयले चलचित्रलेले मनोरञ्जन दिने मात्र नभई सन्देश पनि बोकेको प्रतिक्रिया दिए । त्यस्तै अर्का निर्माता छवीराज ओझाले आफूले पहिले पनि यो चलचित्र हेरेको र यसै चलचित्रमा ऋषिको कामबाट प्रभावित भएर आफ्नो प्रदर्शनको क्रममा रशेको छलचित्र हवल्दार सुन्तलीमा निर्देशनको जिम्मा ऋषि लामिछानेलाई दिएको बताए ।

चलचित्रमा फेसवुकले स्थापित गरेको युवा र युवती बीचको प्रेम र आफ्नो मनले आँट्न नसक्दा दोहोरो प्रेममा उत्पन्न हुने दुर्घटनाको परिवेशलाई उठाईएको छ । मुलधारका चलचित्र निर्देशनमा सफलता हात पारीरहेका निर्देशक लामिछानेले यो चलचित्रमा भने आम चलचित्र भन्दा फरक शैली अपनाएका छन् । उनले चलचित्रको बारेमा पाएका प्रतिक्रियाहरुलाई सुझावको रुपमा लिएको भए पनि यो चलचित्रलाई कमर्सियल चलचित्रको रुपमा नलिएको दावी गरे । चलचित्र हेर्न निर्माताहरु प्रदिपकुमार उदय, छविराज ओझा, माधव वाग्ले, सुवास गिरी, कलाकारहरु दयाहाङ राई , सौगात मल्ल, सरिता लामिछाने लगायत चलचित्रका मुख्य कलाकारहरु पनि उपस्थित थिए ।

यसै चलचित्र मार्फत रजतपटमा एक सम्भाबना बोकेकी नव नायीका अनिता आचार्यले डेब्यू गरेकी छिन् । कृष्णबहादुर महर्जनको निर्माणमा बनेको चलचित्रलाई अञ्जु केसीले प्रस्तुत गरेकी हुन् । चलचित्रमा अनिताको अलवा सुवास थापा ,राजन खतिवडा र मार्टिन खानको पनि मुख्य भूमिका रहेको छ । कात्तिक २१ मा यो चलचित्रसँगै अर्को चलचित्र एउटा साथी पनि प्रदर्शन हुनेछ । अघिल्लो शुक्रबारबाट प्रदर्शन हुने भनिएको एउटा साथी हल नपाएको भन्दै एक हप्ता पछाडि सरेको थियो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’