पाँच करोड लगानीमा ‘बाग्मती’ तयार

नेपाली कथानक चलचित्र ‘बाग्मती’ करिब रु पाँच करोडको लागतमा निर्माण भएको छ । अत्याधुनिक प्रविधिको प्रयोग गरी ४५ दिनमा छायाङ्कन गरिएको सो चलचित्र नेपाली चलचित्र उद्योगको क्षेत्रमा लगानीको दृष्टिकोणले सर्वाधिक महङ्गो हुनेछ । ट्री इन्टरटेनमेन्ट प्रालिले गरेको पत्रकार सम्मेलनमा निर्माता यशोदा राईले प्राचीन मानव सभ्यतासँग जोडिएको ‘वाग्मती’ नदी समय र परिवेशका कारण विकृत बन्दै गएकाले सामाजिक दायित्व पूरा गर्ने उद्देश्यले चलचित्र निर्माण गरिएको बताईन् ।

कार्यक्रममा अभिनेता राजेश हमालले सामाजिक विषयवस्तुमा केन्द्रित सो चलचित्रले अत्यन्त महत्वकाङ्क्षी उद्देश्य बोकेको र यसले नेपाली सिनेमाको स्तर वृद्धि गरी अन्तर्राष्ट्रिय तहमा पु¥याउन सहयोग गर्ने विश्वास व्यक्त गरे । गत असोज १ गते निर्माण सुरु गरिएको चलचित्रमा नदीको उद्गमस्थल वाग्द्वारदेखि चोभारसम्मका विभिन्न दृश्य प्रस्तुत गरिएको छ । आउँदो माघ १ गते प्रदर्शन गर्ने लक्ष्य राखिएको चलचित्रमा हमाल, शिव श्रेष्ठ, केकी अधिकारी लगायतको अभिनय रहेकोे छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका

बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना