अष्ट्रेलियन नेताहरुले दशैंलाई भोट माग्ने थलो बनाए

भिक्टोरिया । बहुसाँस्कृतिक समाजप्रति संवेदनशील अष्ट्रेलियनहरुले नेपाली पर्व बडादशैंलाई आफ्नो चुनावी प्रचारको मञ्चको रुपमा प्रयोग गरेका छन् । 

थोरै नेपाली बसोबास गर्ने अस्ट्रेलियाको जिलोङमा जिलोङ नेपलिज एसोशियसनको आयोजनामा भएको पहिलो दशैं कार्यक्रममा वरिपरिका शहरहरु मेलबर्न, बालाराट र वार्नाबुलदेखि नेपाली एबं बिदेशीहरु आएर नाचगान सहित भब्यताका साथ मनाइएको दशैं कार्यक्रममा अस्ट्रेलियाको आसन्न सांसद निर्वाचनका लागि उम्मेदवार भएका ठूला पार्टीका उम्मेदवारहरु समेतले नेपाली एबं बिदेशीहरुलाई दसैंको टिका लगाएर आशिर्बाद दिए । यसरी टिका लगाएर आशिर्बाद दिने बिदेशीहरुमा लेबर र ग्रिन पार्टीका सांसद उम्मेदवारहरु क्रमशस् क्रिस्टिन कोउजेन्स र लोइड डेविस, भिक्टोरिया मल्टिकल्चरल कमिसनका कमिसनर डा टेरेज डे फजिओ, ग्रेटर जिलोङ काउन्सिलका बहुसांस्कृतिक जिम्मेवारी बहन गरेका काउन्सिलर एड्डी कोन्टेल्ज र अजी एक्सन अब्रोडका प्रबन्ध निर्ढेशक ग्राएम केण्ट थिए ।

कार्यक्रममा भिक्टोरियाका लागि नेपाली अबैतनिक महाबाणिज्य दूत चन्द्र योन्जन, लेबर र ग्रिन पार्टीका सांसद उम्मेदवारहरु क्रमशस् क्रिस्टिन कोउजेन्स र लोइड डेविस, भिक्टोरिया मल्टिकल्चरल कमिसनका कमिसनर डा टेरेज डे फजिओ, ग्रेटर जिलोङ काउन्सिलका बहुसांस्कृतिक जिम्मेवारी बहन गरेका काउन्सिलर एड्डी कोन्टेल्ज, अजी एक्सन अब्रोडका प्रबन्ध निर्ढेशक ग्राएम केण्ट, बेटर कम्युनिटिज कन्सल्टिङका प्रबन्ध निर्देशक ब्राड क्लार्क, डाभर्सिटाटका कम्युनिटी एजुकेटर हेमराज भूलाह, एनआरएन भिक्टोरियाका संयोजक ॠषि कंडेल, नेपालीज एसोशियसन भिक्टोरियाका अध्यक्ष सुधिर शाक्यले मन्तब्य ब्यक्त गर्दै सबैलाई दशैंको शुभ(कामना दिए । मन्तव्यको क्रममा अधिकांश बक्ताले जिलोङमा नेपालीहरुद्धारा आयोजना गरिएको यो पहिलो कार्यक्रमले अनेकतामा एकता र सबैले सबैको संस्कृतिको सम्मान गर्ने महत्वपूर्ण सन्देश दिएको अभिब्यक्ति दिए । बेटर कम्युनिटिज कन्सल्टिङका प्रबन्ध निर्देशक ब्राड क्लार्कले आफ्नो मन्तब्य नेपालीमा नै दिएका थिए ।

कार्यक्रममा ज्योत्सी राजभण्डारी, प्रज्ञा कुमारी पटेल, मुस्कान करन्जित्, पूजा श्रेष्ठ, अतिथि आचार्यले नृत्य प्रदर्शन गरेका थिए भने गायिका निबेदिता बरालले गीत गाएकी थिइन् । डा साबित्रा काफ्लेले दशैंको बारेमा पावर प्वाइण्ट प्रिजेण्टेशन गरेकी थिइन् ।

ज्योत्सी राजभण्डारी, प्रज्ञा कुमारी पटेल, मुस्कान करन्जित्, पूजा श्रेष्ठ, अतिथि आचार्य, निबेदिता बराल, डा साबित्रा काफ्ले, मिस्टर नेपाल अस्ट्रेलिया २०१४, अनुपम ध्वज किरण, जोन योन्जन, मिस नेपाल अस्ट्रेलिया २०१२ दीपाश्री शाह र ईन्द्र देवी कोइरालालाई कार्यक्रमको अन्तमा कार्यक्रम सफल तुल्याउन उल्लेख्य योगदान दिएकोमा कार्यक्रमका बिशेष अतिथिहरु मार्फत प्रसंशापत्र प्रदान गरिएको थियो ।

मिस नेपाल अस्ट्रेलिया २०१२ दीपाश्री शाहद्धारा सन्चालन गरिएको र जिलोङ नेपलिज एसोशियसनका अध्यक्ष एबं लुम्बिनी-कपिलवस्तु दिवस अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठद्धारा धन्यवाद ज्ञापन गरिएको सो कार्यक्रममा परंपरागत नेपाली खानाका परिकार सबैको लागि आकर्षण बनेको आयोजक राम कुमार श्रेष्ठले अनलाई चौतारीलाई जानकारी दिए ।

 

सम्बन्धित समाचार

सिड्नीमा तामाङ ल्होछारको भव्य तयारी

सिड्नी । सिड्नीमा तामाङ ल्होछार साँझको भव्य तयारी भैरहेको छ । तामाङ सोसाइटी अफ एनएसडब्लु को आयोजनामा आगामी जनवरी २४…

छानिए ११ जना उत्कृष्ट कविहरु

सिड्नी । लुम्बिनी–कपिलवस्तु दिवस विश्व अभियानको छैटौं बार्षिकउत्सवको अवसरमा गरिएको साहित्यीक महोत्सवबाट ११ जना उत्कृष्ट कविहरु छानिएका छन् । अभियानको…

व्रिसवेनमा दशककै शक्तिशाली आँधी, ५० हजार घर अन्धकार

व्रिसवेन । क्वीन्सल्याण्डको दक्षिण पश्चिमी क्षेत्र व्रिसवेनमा आएको दशककै ठूलो आँधीका कारण जनजीवन अस्तव्यस्त भएको छ । १ सय ४०…

शिशुलाई ढलमा फाल्ने आमा नियन्त्रणमा

सिड्नी । आफ्नो नवजात शिशुलाई वेवारिसे अवस्थामा ढलमा फालेपछि सिड्नी प्रहरीले एक आमालाई पक्राउ गरेको छ । प्रहरीले पक्राउ गरिएकी…

Comments are closed

भर्खरै view all

पश्चिम पृतनामा भूपू सैनिक सम्मेलन सुरु

समाजसेवी गुरुङको पहलमा ब्लड क्यान्सर पिडीतलाई ३ लाख सहयोग

एमाले प्रमुख सचेतक गिरी निर्वाचन क्षेत्रका मतदाता भेटघाटमा ब्यस्त

एम्पायर हल सञ्चालक पर्वतको कुस्माका गिरीले लण्डनको अल्डरसटमै खोले सुसी मोटो रेष्टुरेन्ट

विवादित विधेयकप्रति एमालेको भूमिका-देशको हितविरुद्धका जुनसुकै कदमको प्रतिवाद गर्छौँ : प्रमुख सचेतक गिरी