अष्ट्रेलियामा टेरिया मगरको भव्य प्रतीक्षा

सिड्नी । आगामी अगस्त तीन तारीखमा सिड्नीको मराना अडिटोरियम भव्य रुपमा व्यस्त हुँदैछ । त्यो दिन नेपालका ख्यातीप्राप्त कलाकार सिड्नीबासीसँग आफ्नो कला प्रस्तुत गर्न आइपुग्दैछन् । हास्यव्यङ्ग विधाका जितु नेपाल ‘मुन्द्रे’ र नेपाली लोक गायक रामजी खाँडले त्यहाँ हँसाउने र नचाउने मात्रै छैनन्, भारतमा समेत ख्यातीप्राप्त नेपालकी ११ वर्षकी बाल कलाकार टेरिया मगरले आफ्नो विलक्षण बाल प्रतीभा त्यहाँ प्रस्तुत गर्नेछिन् ।
तेरिया मगर नेपालको रुपन्देही जिल्लाको निम्न वर्गकी बालिका हुन् । उनी यो वर्षको डान्स इन्डिया डान्स मास्टर्स उपाधी विजेता नेपाली बालिका हुन् । भारतको प्रख्यात जिटिभीद्वारा आयोजित उक्त कार्यक्रममा भाग लिएकी टेरिया मगरले भारतका हजारौं बालबालिकालाई आफ्नो नृत्यद्वारा जितेकी थिइन् ।
उनलाई विजयी बनाउन विश्वभरी छरिएका नेपाली भाषीहरुले अनलाईनबाट मतदान गरेका थिए । उनलाई विजयी बनाउन विश्वभरी नै अनलाईन अभियान चलेको थियो । अनलाईन चौतारीसँग कुरा गर्दै टेरियाले भनिन् – ‘म विश्वभरी रहेका नेपाली दाजुभाई दिदी बहिनीहरु बीच पुग्नुपर्छ । त्यसै अनुसार आगामी अगस्त तीनमा सिड्नी जाँदैछु ।’
अष्ट्रेलियामा उक्त कार्यक्रमको आयोजक संस्था कनेक्ट नेपालका अध्यक्ष प्रवीन कँडेलका अनुसार टेरियाको भ्रमणको सम्पूर्ण तयारी पुरा भएको छ । टेरिया मगरलाई अष्ट्रेलियामा लुम्बिनी कपिलवस्तु अभियान अष्ट्रेलिया नेपाल पब्लीक लिङ्क, एनआरएन लगायत संस्थाहरुले सम्मान गर्ने कार्यक्रम पनि राखिएको छ ।
अष्ट्रेलिया भ्रमणका लागि जिटिभी इन्डियाले टेरियालाई अनुमति दिएको छ । जिटीभी व्यवस्थापनले अनलाईन चौतारीलाई भन्यो– ‘टेरिया मगरको सम्मान तथा उनको प्रस्तुती हुने कार्यक्रममा हामी आफै र टेरियाकी आमा अनिता पनि सँगै जाँदैछौं ।’ जिटीभी व्यवस्थापनले  टेरिया मगरलाई अष्ट्रेलिया भ्रमणका लागि तयारी गर्ने सिड्नीस्थित नेपाली समुदायलाई धन्यवाद पनि  दिएको छ ।
टेरिया मगरकी आमा अनिता फौजामगरले पनि आफुले अगस्त ३ मा सिड्नीमा हुने ‘टेरिया साँझ’ कार्यक्रमको निम्तो मान्न जान लागेको बताईन् ।

सम्बन्धित समाचार

सिड्नीमा तामाङ ल्होछारको भव्य तयारी

सिड्नी । सिड्नीमा तामाङ ल्होछार साँझको भव्य तयारी भैरहेको छ । तामाङ सोसाइटी अफ एनएसडब्लु को आयोजनामा आगामी जनवरी २४…

छानिए ११ जना उत्कृष्ट कविहरु

सिड्नी । लुम्बिनी–कपिलवस्तु दिवस विश्व अभियानको छैटौं बार्षिकउत्सवको अवसरमा गरिएको साहित्यीक महोत्सवबाट ११ जना उत्कृष्ट कविहरु छानिएका छन् । अभियानको…

व्रिसवेनमा दशककै शक्तिशाली आँधी, ५० हजार घर अन्धकार

व्रिसवेन । क्वीन्सल्याण्डको दक्षिण पश्चिमी क्षेत्र व्रिसवेनमा आएको दशककै ठूलो आँधीका कारण जनजीवन अस्तव्यस्त भएको छ । १ सय ४०…

शिशुलाई ढलमा फाल्ने आमा नियन्त्रणमा

सिड्नी । आफ्नो नवजात शिशुलाई वेवारिसे अवस्थामा ढलमा फालेपछि सिड्नी प्रहरीले एक आमालाई पक्राउ गरेको छ । प्रहरीले पक्राउ गरिएकी…

Comments are closed

भर्खरै view all

बजेट अभावमा पर्वतका दुई दर्जन बढि खानेपानीका आयोजना अलपत्र

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका