एमालेमा अझै खस—क्षेत्रीको टुङ्गो लागेन

मतदानमा जान ओलीको दवाव

काठमाडौं, १२ पुस । राजधानीको गोकर्ण रिसोर्टमा जारी नेकपा एमाले स्थायी कमिटिको तीन दिने बैठकमा महिला, आदीबासी जनजाती र दलीतका तर्फबाट समानुपातिक सभासदको टुङ्गो लागे पनि खस क्षेत्रीको विषयमा अझै विवाद भएको छ ।
आवासीय बैठकमा अध्यक्ष झलनाथ खनाल र नेता केपी शर्मा ओलीविच विवाद नसुल्झिएपछि समानुपातिक सभासदको अझै निर्णय हुन नसकेको हो । विवाद बढ्दै गएपछि नेता केपी शर्मा ओलीले स्थायी कमिटिमा नै मतदान गर्न माग गरेका छन् । केन्द्रीय कमिटिमा खनालको बहुमत भएपनि स्थायी कमिटिमा भने नेता ओलीको बहुमत छ । नेता ओलीले आफुले भने जस्तो नभए अलग सूची निर्वाचन आयोगमा बुझाउने चेतावनी समेत दिएको स्रोतले जनाएको छ । धेरै आकांक्षीहरु भएको र केन्द्रिय कार्यालयमा उनीहरुको उपस्थिति र दवाब बढ्न थालेको भन्दै एमालेको स्थायी कमिटी बैठक गोकर्ण रिसोर्टमा राखिएको बताइएको छ ।

खस—क्षेत्री बाहेकमा मोटामोटी सहमती
खस—क्षेत्री बाहेकका नामहरुमा भने मोटामोटी सहमती भएको स्रोतले जनाएको छ । बैठकले केन्द्रिय कमिटीमा रहेका सबै महिला नेतृहरुलाई सभाषद बनाउने निर्णय गरेको छ । महिला नेतृत्व स्थापीत गराउने भन्दै एमालेले समानुपातिक सुचिमा रहेका महिला केन्द्रिय सदस्यहरुलाई पहिलो प्राथमिकतामा राखेर सभाषद सिफारिस गर्ने निर्णय गरेको हो । जस अनुसार निर्बिबाद सभाषद बन्न पाउनेहरुमा उपाध्यक्ष बिद्या भण्डारी, पोलिटव्युरो सदस्य अष्टलक्ष्मी शाक्य, केन्द्रिय सदस्यहरु कमला सुबेदी, गौरी ओली, जयन्ती राई, श्रीमाया थकाली, ममता गिरी, गरिमा शाह लगायत रहेका छन् । केन्द्रिय कमिटी बाहिरबाट रामकुमारी झाँक्री र केन्द्रिय सल्लाहकार शान्ता मानवी रहेको स्रोतको दावि छ ।
यस्तै जनजातीबाट पर्शुराम मेघि गूरुङ, तलबहादुर गुरुङ, महेन्द्र शेरचन, ईच्छाराज तामाङ, गणेशमान गूरुङ रहेको बताईएको छ ।

कर्मचारीलाई अनावश्यक खटाइ
एमालेले शुक्रबार नै आयोगमा नाम बुझाउने भन्दै प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीलाई खबर गरेको थियो । उप्रेतीको निर्देशनमा कर्मचारीहरु कार्यलय समय सकिसके पछि समेत बसिरहेका थिए । तर एमालेका शीर्ष नेताहरुको विवाद नसुल्झिएपछि रात परे पछि मात्रै कर्मचारी बाहिरीए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’