रिलिज डेट सर्‍यो ‘तोरी लाहुरे’को

काठमाडौं, १२ पुस । 

द्धन्दनिर्देशक एनबी महर्जनले निर्देशन गरेको एक्सन कमेडी चलचित्र ‘तोरी लाहुरे’ले रिलिज मिति फाल्गुन २३ गतेका तय गरिएको छ । विदेश जाने युवाहरुको समस्यालाई चलचित्रमा देखाइएको छ । रिदम एण्ड दिलिप फिल्मसको ब्यानरमा दिल कुमार तामाङ ‘वाले’ र रोशिफ तामाङले निर्माण गरेको यो चलचित्रमा सुवास थापा, गजित बिष्ट, अशिष्मा नकर्मी ,रोहित रूम्बा, समुना केसी, दिनेश डिसी, दिल कुमार तामाङ ‘वाले’ लगायतको अभिनय छ ।

 

कृष्ण आचार्यले चलचित्रको कथा लेखेका हुन् भने छायाँकन निरज कँडेलले गरेका हुन् । चलचित्रमा सन्तोष राजको संगीत, सुरेन्द्र पौडेलको सम्पादन, शंकर महर्जनको द्धन्दनिर्देशन तथा गम्भिर बिष्टको नृत्यनिर्देशन रहेको छ । यसअघि फाल्गुन १६ गते रिलिज गर्ने बताईएको यो चलचित्रको सोलो रिलिजका लागि एक साता पर धकेलिएको निर्माण युनिटले जनाएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

एकीकृत समाजवादीका उपाध्यक्ष केदार न्यौपानेले पार्टी छाडे , स्थायी समिति सदस्य चूडामणि जंगली पनि बाहिरिए

आमाको सम्झनामा १३ औ पुण्यतिथिमा मिर्गौलापिडितलाई एक लाख सहयोग

नेष्डो समृद्ध लघुवित्तले ७३ प्रतिशत लाभांश दिने

चैते दसैँमा गण्डकी प्रदेशले बिदा दिने

समयभित्रै मन्त्रीहरुलाई बैठकमा अनिवार्य उपस्थित भइसक्न राष्ट्रियसभाद्वारा सरकारलाई रुलिङ