पहिलोपटक एपेन्डिसाइटिस अप्रेसन सफल

गुल्मी जिल्लामा पहिलोपटक गम्भीर प्रकृतिको एपेन्डिसाइटिसको शल्यक्रिया सफल भएको छ । सदरमुकाम तम्घासमा रहेको रेसुङ्गा हस्पिटलमा पेटभित्रै फुटेको एपेन्डिसाइटिसको शल्यक्रिया सफल भएको हो । जिल्ला अस्पताल तम्घासमा भर्ना भएकी अम्मुर–१ की १९ वर्षीया दिलमाया मुखियाको रेसुङ्गा हस्पिटलले सफलतापूवर्क शल्यक्रिया गरेको हो ।  पहिले पेट मात्रै दुखेको भए पनि पेट दुखेको तीन दिनपछि जाँच गराउँदा स्वास्थ्यकर्मीले एपेन्डिसाइटिस बिग्रिएकाले ठूलो अस्पताल जान सुझाएका थिए । तर कमजोर आर्थिक अवस्थाका कारण बाहिरी जिल्ला जान नसकेपछि छोरीलाई तम्घासकै रेसुङ्गा हस्पिटलमा भर्ना गरिएको दिलमायाका बुबा गोविन्दले बताउनुभयो । उहाँले छोरी बाँच्दिन कि भनेर ठूलो पिर मानेको भए पनि जिल्लामै सफल शल्यक्रिया भएकामा खुसी प्रकट गर्नुभयो ।

उहाँ मात्र हैन जिल्लामै पहिलोपटक यस्तो शल्यक्रिया सफल भएपछि आफूहरू पनि निकै खुसी भएको उपचारमा संलग्न डा निरेश थापाले बताउनुभयो । डा थापाले अहिले पनि धेरै बिरामी जिल्लामा राम्रो उपचार नहुने भन्दै बाहिर जानेक्रम नरोकिएको दुःखेसो गर्नुभयो । अस्पतालले मुखियाको उपचारमा करिब २५ हजार रुपैयाँ खर्च लागेको भए पनि गरिब परिवारको भएकाले लगभग १० हजार रुपैयाँ छुट गर्नेसमेत जनाएको छ । उक्त हस्पिटलमा झन्डै दुई महिनाअगाडि एउटा यस्तै गम्भीर प्रकृतिको शल्यक्रिया सफल भएको थियो । पाठेघरभन्दा बाहिरको ट्युबमा बसेको बच्चालाई सफलतापूर्वक शल्यक्रिया गरेर बाहिर निकालिएको हस्पिटलका डा. लक्ष्मण भुसालले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कुश्मा नगरका ३० जना मेलमिलापकर्तालाई एक हप्ते मेलमिलाप सम्बन्धि तालिम

टि.यु.भी सर्टिफिकेट पाएपछी बन्दीपुर केवलकार कमर्शियल अपरेसनमा ल्याउने

किर्तीमानी आरोही बुढा मगरलाई सम्मान, आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ– अध्यक्ष तिमिल्सिना

पोखरा–रिडी पर्यटकीय सडक निर्माणमा रुसको चाँसो,बिस्तृत प्रतिबेदन माग

विद्यालय जोगाउने काइदा : शिक्षकलाई विशेष भत्ता र नियमित खाजा