मलेसियामा हजारौं नेपाली जोखिममाः मानवअधिकार आयोग

काठमाडौं, ११ पुस । वैदेशिक रोजगारको खोजीमा मलेसिया पुगेका हजारै नेपाली त्यहाँको प्रशासनबाट लुक्दै जोखिमपूर्ण जीवन विताउन बाध्या भएको राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनले देखाएको छ । मलेसियामा पुगेका आधाभन्दा बढी कामदार दलालहरुको फन्दामा परेर घर न घाटका हुँने गरेका छन् ।

‘नेपाली कामदार मलेसियाका लागि काठमाडौंमा प्लेन चढेदेखि नै ठगीको दुश्चक्रमा परेको देदियो,’ गत अगस्टमा स्थलगत अध्ययन गर्न मलेसिया पुगेको आयोगका पदाधिकारी टोलीका सदस्य मध्ये गौरी प्रधानले भने,’धेरैको जीवन त्यहाँ बधुवा मजदुरको जत्तिकै छ कान्तिपुर दैनिकले छापेको छ ।’

सरकारी तथ्याङ्क अनुसार मलेसियामा साढे तीन लाख नेपाली कामदार भएपनि स्थलगत अध्ययनका क्रममा झण्डै साढे चार लाख नेपाली त्यहाँ भएको देखिएको प्रधनाले बताए । ‘उनीहरु मध्ये आधाचाहिँ मलेसियाको विमानस्थलमा उत्रने वित्तिकै ठगिन्छन्,’ प्रधानले भने, ‘विमान स्थलमा कम्पनीका मान्छेले आफ्नै सर्तमा जबरजस्ती करार गराउदा रहेछन् । ‘
काठमाडौंका न्यानपावर व्यवसायीबाठ गरिएभन्दा फरक करारनामा मलेसियाको विमास्थलमा भएपछि नेपाली कामदारको मानसिक तनाव अत्याधिक बढ्ने गरेको प्रधानले बताए । उनीहरुलाई बवोल गरिए भन्दा भिन्दै र जोखिमपूर्ण काम गर्न लगाईने, काम गर्ने समय बढाईने र तलव कम दिईने प्रवृती देखिएको प्रतिवेदनमा उल्लेख छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

एकीकृत समाजवादीका उपाध्यक्ष केदार न्यौपानेले पार्टी छाडे , स्थायी समिति सदस्य चूडामणि जंगली पनि बाहिरिए

आमाको सम्झनामा १३ औ पुण्यतिथिमा मिर्गौलापिडितलाई एक लाख सहयोग

नेष्डो समृद्ध लघुवित्तले ७३ प्रतिशत लाभांश दिने

चैते दसैँमा गण्डकी प्रदेशले बिदा दिने

समयभित्रै मन्त्रीहरुलाई बैठकमा अनिवार्य उपस्थित भइसक्न राष्ट्रियसभाद्वारा सरकारलाई रुलिङ