चुनावपछि पनि माओवादीकै प्रचारमा मौसमी

सिड्नी/ नेपाली नायिका मौसमी मल्ल अष्ट्रेलियामा पुगेर आफुले अभिनय गरेको चलचित्र कुण्ठाको प्रमोशन सँगै एकीकृत माओवादीको प्रचारमा पनि ब्यस्त देखिएकी छन् । अष्ट्रेलियाको सिड्नीमा ब्यस्त मल्लले एक कार्यक्रममा नेपाली क्रान्तिको विकल्प एकीकृत माओवादी मात्रै भएको बताएकी छन् ।

रेडियो जनादेशले सिड्नीमा गरेको रात्रीभोजमा सहभागी उनले आफु मल्ल ठकुरीको छोरी भए पनि शोशण र दमन विरुद्ध एकीकृत माओवादी लागेकाले एकीकृत माओवादी मन परेको बताइन ।

मौसमीले एकीकृत नेकपा माओवादीले दोस्रो संविधानसभामा अनपेक्षित पराजय बहोरेकोमा आफुलाई दुःख लागेको अनलाइनचौतारी लाई  बताइन । साथै  उनले कलाकारहरुले भोट हाल्न भए जस्तै आफ्नो मतलाई खुलमखुला गर्न समेत सक्नुपर्ने धारणा राखिन् ।
अहिलेको अवस्थामा एकीकृत माओवादी संविधानसभामा पराजित भए पनि उसका मुद्धाले भने जितेको मल्लको भनाइ छ ।


तीन दशक नेपाली चलचित्रमा विताएकी मौसमीले एकीकृत माओवादी नेतृत्वको सरकारको पालामा नै कला क्षेत्रमा धेरै काम भएको बताइन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

जलजला गाउँपालिकाको सहयोगमा पर्वत अस्पतालमा बिरामीलाई निःशुल्क ‘सेनीटरी प्याड’

पर्वतका नयाँ प्रजिअ आचार्य र सहायक प्रजिअ पौडेललाई वाणिज्य संघको स्वागत

देशका यी भू-भागमा आज पनि वर्षा र हिमपातको सम्भावना

कांग्रेसभित्र मन्त्री छनोटको विवाद सतहमा, देउवा एक्लै चल्न खोज्दा भागबण्डाले पूर्णता पाएन

निर्माण सामाग्री अभावमा मालढुंगा-बेनी सडकको काम रोकियो