नयाँ बर्ष ताक्दै नेपाली चलचित्रहरु

काठमाडौं, ९ पुस । 


नयाँ बर्षमा निक्कै आशा गरिएका ३ चलचित्र बिच भिडन्त हुने देखिएको छ । चलचित्र ‘नोभेम्बर रेन’ ‘नाई नभन्नु ल २’ र ‘आधी बाटो’ नयाँ बर्षको अवसर पारेर दर्शकमाँझ आउने भएका छन्। आर्यन सिग्देल ईन्टरटेन्मेन्ट र सुवास ईन्टरटेन्मेन्टको ब्यानरमा तयार भएको चलचित्र ‘नोभेम्बर रेन’मा आर्यन सिग्देल, नम्रता श्रेष्ठ, छुल्तिम डोल्मा गुरुङको मुख्य भूमिका रहेको छ । यता वान टाईम सिनेमाले निर्माण गरेको ‘नाइ नभन्नु ल २’मा अनुभव रेग्मी, प्रियंका कार्की, सुरज सिंह ठकुरी, सुज्ञानी भट्टराई, जीवन लुईटेल, बर्षा सिवाकोटी, सरोज खनाल, सिताराम कट्टेल ‘धुर्मुस’ लगायतको अभिनय छ । साँगीतिक पारिवारिक प्रेमकथानक यो चलचित्रमा बसन्त सापकोटा र सुरेश गैरेको संगीत छ । चलचित्रका छायाँकार पुरूषोत्तम प्रधान हुन् ।

 

रमेश त्वायना निर्मित चलचित्र ‘आधी बाटो’मा यश कुमार, जेनिशा केसी र सविन श्रेष्ठ मुख्य भूमिकामा प्रस्तुत भएका छन् । साथमा अभिनेत्री अनु शाह, धिरेन शाक्य, रुवी राणा लगायतको अभिनय छ । चलचित्रमा सुरेश अधिकारी र अभिनेता यश कुमारको संगीत छ । सुटिङ सकेर पोष्ट प्रोडक्सनमा रहेको चलचित्र ‘नाइ नभन्नु ल २’ले पहिल्यै प्रदर्शन मिति तय गरेपनि सविर श्रेष्ठको ‘आधी बाटो’ले भने भर्खरै मात्र आफ्नो प्रदर्शन मिति तय गरेको हो ।

 

 

 

 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका

बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना