प्रिमियर लिगमा आर्सनल र चेल्सी बराबरीमा
काठमाडौं, ९ पुस । ईङ्लिश प्रिमियर लिग फुटबल अन्र्तगत सोमवारराती भएको खेलमा आर्सनल र चेल्सी गोलरहित बराबरीमा रोकिएका छन् । आर्सनलको घरेलु मैदान ईमिरेट्समा भएको प्रतिस्पर्धात्मक खेलमा आर्सनल अंक तालिकामा ३६ अंकका साथ दोश्रो स्थानमा सिमिति भएको छ ।
१७ खेल खेलेको लिभरपुल समान ३६ अंकका साथ गोल अन्तरका आधारमा पहिलो स्थानमा छ । अर्सनललाई ३५ अंकका साथ म्यान्चेष्टर सिटीले पच्छ्याईरहेको छ । यसअघिको लिग चरणमा आर्सनलले म्यानचेष्टर सीटीसँग ६–३ गोलको फराकिलो हार बेहोरेको थियो ।