स्पेनिस लिगमा बार्सिलोनाको प्रभाव कायमै

काठमाडौं, ८ पुस । स्पेनिस लिगको अंक तालिकामा दोश्रो स्थानमा झरेको साविक विजेता बार्सिलोनाले पुन अफ्नो प्रभाव कायम गरेको छ । लिगको आइतवारराति सम्पन्न खेलमा बार्सिलोनाले गेटाफे बिरुद्ध ५–२ गोलले जित हात पार्यो । पहिलो रोजाईका खेलाडीहरु लियोनल मेसी,जाभी हर्नान्डेज,नेयमार र गोलकिपर भिक्टर भाल्डेज बिना मैदानमा उत्रिएको बार्साका लागि पेड्रोले ह्याट्रिक पुरागर्दा सेस फाब्रीगासले २ गोलको योगदान गर्नुभयो । ९ मिनेटको अन्तरालमा पेड्रोले ह्याट्रिक पुरा गर्नुभएको हो ।

स्पेनिस लिगकै आइतवाररातिका अन्य खेलमा तेश्रो स्थानमा रहेको रियम मड्रिडले भ्यालेन्सीया बिरुद्ध ३–२ गोलले जित हात पार्यो । स्पानियोलले रियल भालाडोलिडलाई ४–२ले र यथ्लेटिको क्लवले रायो भाल्कानोलाई २–१ गोलले हराए ।

यसैविच ईङलिश प्रिमियर लिग फुटबलको गएराति भएका खेलमा टोटनह्यामले साउथह्याम्टनलाई ३–२ गोलले,एभरटनले स्विान्सि सीटीलाई २–१ गोलले पाखा लगाए । ईङलिश प्रिमियर लिग लिभरपुल पहिलो,म्यान्चेष्टर सिटी दोश्रो र एक खेल कम खेलेको आर्सनल तेश्रो स्थानमा छन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पश्चिम पृतनामा भूपू सैनिक सम्मेलन सुरु

समाजसेवी गुरुङको पहलमा ब्लड क्यान्सर पिडीतलाई ३ लाख सहयोग

एमाले प्रमुख सचेतक गिरी निर्वाचन क्षेत्रका मतदाता भेटघाटमा ब्यस्त

एम्पायर हल सञ्चालक पर्वतको कुस्माका गिरीले लण्डनको अल्डरसटमै खोले सुसी मोटो रेष्टुरेन्ट

विवादित विधेयकप्रति एमालेको भूमिका-देशको हितविरुद्धका जुनसुकै कदमको प्रतिवाद गर्छौँ : प्रमुख सचेतक गिरी