चलचित्र ‘मोक्ष’को नयाँ गीत रिलिज

काठमाण्डौ, ५ पुस –

आगामी माघ २४ गते रिलिज हुन लागेको चलचित्र ‘मोक्ष’को नयाँ गीत रिलिज गरिएको छ । ‘घाम डुब्छ फेरि उदाउनलाई’ बोलको प्रस्तुत गीतको शब्द, संगीत तथा स्वर नवक्रान्ती व्याण्डको रहेको छ । पछिल्लो समयमा चलचित्रका गीत संगीतमा बिभिन्न व्याण्डहरुले काम गर्ने चलन मौलाएको पाइन्छ ।

 

श्रीराम बालाजी फिल्म्स र मोक्ष प्रोडक्सनको व्यानरमा निर्माण भएको यो चलचित्रका लगानीकर्ता सुनिल मानन्धर हुन् । संञ्जिव सिंह, नवक्रान्ती समूह, धिलुङ् राई र प्रबिन श्रेष्ठको संगीत छ भने रविन श्रेष्ठ, प्रताप सिंह र हरी हुमागाइँ चलचित्रका सिनेम्याटोग्राफर हुन् । निर्देशक प्रबिन श्रेष्ठकै जीवनीमा आधारित रहेर निर्माण गरिएको यस चलचित्रमा कोशिस क्षेत्री, बेनिशा हमाल, विक्रम सिंह, दिपेश भण्डारी, मनिष गोदार, वसन्त भट्ट, दुर्गा बराइली, सपना श्रेष्ठको मुख्य भूमिका छ ।

 

 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका

बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना