चलचित्र ‘वान वे’ को फष्टलुक सार्वजनिक

काठमाण्डौ, ३ पुस –

चलचित्र ‘वान वे’ को फष्टलुक सार्वजनिक भएको छ । आर.सी पिक्चर्सको निर्माणमा तयार भएको चलचित्रको फष्टलुक आम नेपाली चलचित्रको पोष्टर भन्दा भिन्न देख्न सकिन्छ। निर्माणपक्षले ‘वान वे’लाई पुस्तान्तरको कथा भनेको छ। ‘यो घाम झै पूर्वमा झुक्लेर पश्चिममा अस्ताउँदैन । यो भुमन्डलीकरण झै पश्चिममा झुल्केर पूर्वमा अस्ताउँछ ।’ जारी बिज्ञप्तीमा जनाइएको छ ।

 

चलचित्रमा लेखन तथा निर्देशन सुरज सुब्बा ‘नाल्बो’को , लेखन प्रदिप भट्टराइको, छायांकन दिपेन्द्र प्रसाद थपलिया र टेकबहादुर राइको छ । राजकुमार राइले निर्माण गरेको यो चलचित्रमा सिद्धार्थ गुरुङ, माला सुब्बा, रोबिन तामाङ, करिश्मा मानन्धर, विल्सन विक्रम राई, आकाश खवास, भानु प्रताप लगायतका कलाकारले अभिनय गरेका छन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

बजेट अभावमा पर्वतका दुई दर्जन बढि खानेपानीका आयोजना अलपत्र

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका