सफल गायक असफल नायक

काठमाडौं, २ पुस –

सदाबहार गायक उदितनारायण झाको स्वरले कलिउडमा मात्र होइन ,बलिउडमा पनि करिब दुई दशक तहल्का मच्चायो । यो उनको क्रेजमा अझै पनि कत्ति कमी आएको छैन । गायकमा उनको स्तरले पिकअप लिइरहँदा चलचित्रमा नायक भएर आफ्नो क्रेजलाई अझ माथि उठाउने चाहना बढ्यो उनमा । अनि निर्माताहरु पनि उनका स्वरका फ्यानहरुले मात्र चलचित्र हेरिदिए पनि लगानी सुरक्षित हुने आशाले लगानी गर्न हिच्किचाएनन् । हुन त उदित अभिनित चलचित्र ‘कुसुमे रुमाल’ व्यावासायिक रुपमा पनि सफल भयो तर उदितलाई नायकको रुपमा सफलता मिलेन । उनको अभिनय क्षमताको पनि त्यति प्रशंसा भएन । त्यसपछि उनी गायन क्षेत्रमै सक्रिय रहे । अर्का नेपाली मूलका गायक प्रशान्त तामाङले गायन प्रतियोगितामा ‘इण्डियन आइडल’को उपाधि पाएपछि एकाएक चर्चामा आए । चर्चा र सफलतासँगै उनका प्रशंसकहरु बढ्ने नै भए । अधिकांश नेपालीहरुले इण्डिन आइडल बनान अभियानकै रुपमा सहयोग गरेकोले उनलाई पनि नायक बनाएर चलचित्र हेर्न दर्शक तान्ने मसलाको रुपमा निर्माताहरु लागि परे । उनी अभिनित गोर्खा पल्टनले व्यापार पनि राम्रै ग-यो । त्यसपछि उनलाई नायक बनाएर करिब आधा दर्जन चलचित्रहरु प्दर्शनमा आए । तर ती कुनै पनि चलचित्रले सफलताको स्वाद चाख्न पाएनन् । हुन त प्रशान्तमा अभिनय क्षमता पनि खासै थिएन । न त शारीरिक बनावट नै सशक्त पात्रको भूमिका निभाउन लायक नै थियो । त्यसैले उनी गायकमा जति फिट थिए उति नायकको रुपमा फिट भएनन् ।

त्यसैगरी अर्का गायक यम बराल पनि सुरुमा नायक बन्नकै लागि भनेर काठमाडौं छिरेका थिए । विस्तारै कुनै पनि चलचित्रमा काम गर्ने अवसर नपाएपछि आफ्नो सुरिलो स्वरको सदुपयोग गर्दै विभिन्न चलचित्र तथा आधुनिक गीतहरु गाउन थाले । विस्तारै उनको गीतहरु बजारमा चल्न थालेपछि चलचित्र ‘मालती’मा नायकका रुपमा काम गर्ने अवसर पाए । तर उनलाई पनि दर्शक तथा स्रोताहरुले नायकको रुपमा हेर्नभन्दा गायककै रुपमा सुन्न चाहे । त्यसपछि उनले पनि अन्य कुनै चलचित्रमा काम गर्ने अवसर पाएनन् अर्थात् उनी सफल गायक त भए तर सफल नायक बन्ने सपना पूरा गर्न सकेनन् । अर्का गायक रामकृष्ण ढकालको पनि व्यथा उस्तै भयो । एकपछि अर्काे सदाबहार गीतको सफलतासँगै आम स्रोतामा उनको लोकप्रिय ज्यादै लोभलाग्दो गरी झ्याङ्गिदै थियो । उनलाई पनि गायकमै सीमित नरही नायक बन्ने चाहना मौलायो । चलचित्र ‘आशीर्वाद’मार्फत् नायक पनि भए उनी । तर चलचित्र आंशिक चले पनि उनको अभिनय क्षमता खासै चलेन । त्यसपछि चलचित्रमा उनलाई डो¥याएर नायक बनाउने आँट गर्ने निर्माता तथा निर्देशक कोही भएनन् । यद्यपि गायक क्षेत्रमा उनी अझै सक्रिय भए पनि उनको क्यारियर ओरालो लागेको अनुमान धेरैको छ । त्यसैगरी सफल गायक राजेशपायल राईले पनि नेपाली गायन क्षेत्रमा करिब दुई दशक राज गरे । अझै पनि उनका गीतसंगीतले नेपाली बजारमा राम्रै ठाउँ पाइरहेका छन । उनले पनि बेलाबेलामा विभिनन चलचित्रमा नायकको अनभव सँगालेका छन् । केही समय पहिले नै प्रदर्शनमा आएको ‘गुण्डाराज’देखि गत वर्ष प्रदर्शनमा आएको ‘सी माला’सम्म आउँदा उनले पनि नायकमा सफलताको स्वाद चाख्न पाएनन् । गायनमा भने उनी अझ पनि सफल न छन् ।

अर्का स्टाइलिष्ट गायक निमा रुम्बा चलचित्र ‘कागबेनी’बाट असफल नायकको पगरी गुथे । धीरज राईले चलचित्र ‘लक्ष्य’बाट क्रान्ति आलेले ‘शक्ति’ चलचित्रबाट नायकको अनुभव लिएका छन् । क्रान्ति आले अभिनित चलचित्र शक्ति प्रदर्शनमा नआउँदै क्रान्ति र शक्ति दुवै नेपाली रजपतबाट हराए । फेरि त्यो दिन ‘सान्नानी’ जस्ता गीतबाट चर्चामा रहेका अर्का गायक बाबु बोगटीले ‘बाटो मुनिको फूल’, नबिर्से तिमीलाई नपाए तिमीलाई’लगायत करिब आधा दर्शन चलचित्रमा अभिनय गरेका छन् । एकपछि अर्का चलचित्र पाइरहे पनि उनले पनि कुनै पनि चलचित्रमा सफलता हात पारेका छैनन् । यद्यपि उनी अभिनित चलचित्र ‘बाटो मुनिको फूल’ पाइरेसीको शिकार भएका कारण लगानी उठाउन नसकेको बताइन्छ । त्यसैगरी चलचित्र ‘प्रोडुसर’ अहिले चर्चामा छ ।

 

बाटो मुनिको फूल बाटै नायक भएका अर्का गायक यसकुमार पनि गायन क्षेत्रलाई भुलेर अहिले अर्का चलचित्र निर्माणमा व्यस्त छन् । बाबु भजन शिरोमणि भक्तराज आचार्यको जीवनमा आधारित चलचित्र आचार्यमा गायक सत्यराज आचार्यले नायकको रुपमा बाबुको रोल निभाए । गायन क्षेत्रमा बाबुको बिडो थाम्न सफल सत्य अभिनय क्षेत्रमा असफल नै ठहरिए ।चलचित्र कर्कशबाट पनि उनले असफलताबो स्वाद चाखिसकेका छन् । सरसर्ती हेर्दा गायन क्षेत्रमा सफल अधिकांश गायकहरुले नायकमा सफलता हात पार्न सकेका छैनन् । कतिपय निर्माताहरुले गायकको रुपमा भएको क्रेजलाई र उनीहरुका समर्थकहरुलाई लक्षित गरेर नायक बनाए पनि त्यसमा सफलता हात पार्न सकेको देखिंदैन । गायकहरु पनि आफूमा
भएको कला एकातिर छोडेर पेशा नै चेञ्ज गर्दा उल्टै अप्ठ्यारोमा पर्ने गरेको देखिन्छ ।

 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कुश्मा नगरका ३० जना मेलमिलापकर्तालाई एक हप्ते मेलमिलाप सम्बन्धि तालिम

टि.यु.भी सर्टिफिकेट पाएपछी बन्दीपुर केवलकार कमर्शियल अपरेसनमा ल्याउने

किर्तीमानी आरोही बुढा मगरलाई सम्मान, आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ– अध्यक्ष तिमिल्सिना

पोखरा–रिडी पर्यटकीय सडक निर्माणमा रुसको चाँसो,बिस्तृत प्रतिबेदन माग

विद्यालय जोगाउने काइदा : शिक्षकलाई विशेष भत्ता र नियमित खाजा