तौलिहवामा नेपथ्यको साङ्गीतिक अभियान सम्पन्न

कपिलवस्तु, ३० मंसिर- 

नेपथ्य समूहको ‘शान्तिका लागि शिक्षा’ साङ्गीतिक अभियान कपिलवस्तुको सदरमुकाम तौलिहवामा शनिबार सम्पन्न भएको छ ।नेपालयको संयोजनमा भएको सो साङ्गीतिक अभियान ६०० भन्दा बढी दर्शकको उपस्थिति र उल्लासमय माहोलबीच सम्पन्न भएको छ ।नेपाल पत्रकार महासंघको आयोजना भएको सो कार्यक्रममा नेपथ्य समूहका अमृत गुरुङको एकल साङ्गीतिक प्रस्तुति रहेको थियो ।

कार्यक्रममा टिकट बिक्रीबाट रु तीन लाख बढीको आम्दानी भएको नेपाल पत्रकार महासंघले जनाएको छ ।यही मङ्सिर २१ गते चितवनको रत्ननगरबाट सुरु सो अभियान तौलिहवामा ५औं कार्यक्रमको रूपमा सम्पन्न भएको छ । पुस १४ गते ललितपुरको पाटनमा यात्राको समाप्ति हुने आयोजकले जनाएका छन् ।कार्यक्रममा कपिलवस्तुका साथै भैरहवा, बुटवल, पाल्पा, परासी, अर्घाखाँचीलगायतका स्थानबाट सांस्कृतिक कार्यक्रम हेर्नका लागि दर्शकको घुइँचो लागेको थियो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

एकीकृत समाजवादीका उपाध्यक्ष केदार न्यौपानेले पार्टी छाडे , स्थायी समिति सदस्य चूडामणि जंगली पनि बाहिरिए

आमाको सम्झनामा १३ औ पुण्यतिथिमा मिर्गौलापिडितलाई एक लाख सहयोग

नेष्डो समृद्ध लघुवित्तले ७३ प्रतिशत लाभांश दिने

चैते दसैँमा गण्डकी प्रदेशले बिदा दिने

समयभित्रै मन्त्रीहरुलाई बैठकमा अनिवार्य उपस्थित भइसक्न राष्ट्रियसभाद्वारा सरकारलाई रुलिङ