अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव सुरु

 

काठमाडौँ,  २७ मंसिर- 

काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) सुरु भएको छ । हिमाल एसोसिएसनको आयोजनामा भएको उक्त महोत्सव ‘इन्द्रेणी खोज्दै जाँदा’ भन्ने चलचित्रको सुरुवातसँगै प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा सुरु भएको हो । महोत्सवमा २० मुलुकका ४७ वटा फिल्म (डुकमेन्ट्री, फिक्सन, सर्ट फिल्म, एनिमेसन र प्रयोगात्मक फिल्म) प्रदर्शनी गरिने जनाएको छ । पाँच दिनसम्म चल्ने उक्त महोत्सवमा सहभागी चलचित्रबीच अन्तर्राष्ट्रिय प्रतिस्पर्धा हुने र उत्कृष्ट हुने तीन चलचित्रलाई क्रमशः एक हजार ५००, एक हजार र ५०० अमेरिकी डलर पुरस्कारको व्यवस्था रहेका किम्फका अध्यक्ष बसन्त थापाले जानकारी दिनुभयो 

 प्रदर्शन गरिएको ‘इन्द्रनी खोज्दै जाँदा’ चलचित्रमा आफ्नो सपना पूरा गर्न काठमाडौँ आएका तीन दाजुबहिनीले झेलेका कष्ट र परीक्षालाई फिल्मले चित्रण गरेको छ । हिमाल एसोसिएसनले हरेक वर्ष गर्दै आएको किम्फमा विशेष गरी पर्वत, त्यहाँका बासिन्दा, संस्कृति र वातावरणमाथि बनेका फिल्महरू प्रदर्शन गर्दै आइरहेको र ती चलचित्रहरूमा साहसिक यात्रा, आरोहण, द्वन्द्व, संस्कृति, गरिबी, विकास, लैङ्गीकता र बसाइसराइजस्ता विषय समेट्ने गरेको महोत्सव समितिका निर्देशक रम्यता लिम्बूले जानकारी दिनुभयो ।  महोत्सवमा नेपाल पानोरामा सेक्सनमा उत्कृष्ट वृत्तचित्रलाई रु २५ हजार र उत्कृष्ट फिक्सन फिल्मका लागि रु २५ हजार पुरस्कार दिइनेछ पनि व्यवस्था गरिएको छ. । महोत्सव यही मङ्सिर ३० गतेसम्म हुनेछ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

जलजला गाउँपालिकाको सहयोगमा पर्वत अस्पतालमा बिरामीलाई निःशुल्क ‘सेनीटरी प्याड’

पर्वतका नयाँ प्रजिअ आचार्य र सहायक प्रजिअ पौडेललाई वाणिज्य संघको स्वागत

देशका यी भू-भागमा आज पनि वर्षा र हिमपातको सम्भावना

कांग्रेसभित्र मन्त्री छनोटको विवाद सतहमा, देउवा एक्लै चल्न खोज्दा भागबण्डाले पूर्णता पाएन

निर्माण सामाग्री अभावमा मालढुंगा-बेनी सडकको काम रोकियो