संगठित आवाज राख्ने ठाउँ खोज्दै जाँदा एमाओवादी विचारको नजिक पुगे

काठमाडौं – नायिका रेखा थापाले आफू कुनै पनि पदको लोभमा राजनीतिमा नलागेको बताएकी छिन् । रेखाले पलायन हुँदा युवा जगत्मा निराशा पैदा हुने हुँदा देशमै बसेर केही गर्न सकिन्छ भनेर राजनीतिमा लागेको बताएकी हुन् । ‘म मन्त्री भइएला वा प्रधामन्त्री बनिएला भनेर राजनीतिमा लागेको होइन,’ उनले भनिन्, ‘कलाकारले नाच्ने गाउने मात्रै होइन निर्णायक तहमा पुगेर काम गर्न सक्छन् भन्ने प्रमाणित गर्न पनि राजनीतिमा लागेकी हुँ ।’ कलाकार विदेश गएमा वा पेशाबाट पलायन भएमा फिल्म जगत्मा केही रहेनछ भन्ने सन्देश जाने हुँदा पनि स्वदेशमै केही गर्नुपर्ने उनको भनाइ छ । ‘हामी पलायन भए नवप्रवेशीहरु आत्तिन सक्छन्,’ आफूभन्दा सिनियर नायिका करिष्मा मानन्धर अमेरिका गएको बेला आफूमा आएको अनुभव बाँड्दै रेखाले भनिन्, ‘त्यस्तो नहोस् भन्नका लागि पनि मैले यहीं केही गर्नुपर्छ ।’ एक्लै आफ्ना कुरा राख्दा कसैले नसुनेपछि राजनीतिक संगठनमार्फत भिजन कार्यान्वयन गर्न सकिने सोच पनि छ, रेखा थापामा । संगठित आवाज राख्ने ठाउँ खोज्दै जाँदा आफू एमाओवादी विचारको नजिक पुगेको रेखाको स्पष्टोक्ति छ । नेतृत्वदायी महिला सम्बन्धी सिनेमा ‘काली’को सफलता सँगै अहिले राजनीतिमा अझ बढी सकृय रहेकी छन् रेखा । अब आफूले लामो समय राजनीतिमै बिताउने पनि उनले सुनाइन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’