यसरी भयो म माथी आक्रमण

चन्द्रश्वर बस्ताकोटी
मुस्ताङमा म माथी यो दोस्रो साङघातिक आक्रमण हो । समाचार संकलनका लागि २०७० कार्तिक १३ गते लेते गाबिसको घाँसा पुगेको थिए । करिब ५ः४५ बजेको थियो । सुमित्रा पाइजाको घरमा मान्छेहरुको जमघट देखेपछि म पनि त्यहा के रहेछ भनेर केहि भाग अग्लो रहेको पिढीमा उक्लदै थिए । एकजना घर भित्र छिर्यो र सुर्य अकिंत टोपी लगाएका युवाहरु ह्वार ह्वारति बाहिर निस्के । किन निस्कीए भन्ने मैले अनुमान समेत गरेको थिईन । एक्कासी उनीहरुले मलाई चारै तिरबाट घेरा हालेका रहेछन । मलाई १५÷१६ जनाले एक्कासी आक्रमण गरे र घर भित्र लगे । घरभित्र हुलेपछि ढोका लगाएर मलाई केहिले खुट्टा, केहिले शरिर, केहिले हात र केहिले मेरो घाटीमा पातलो सलको पासो लगाई कस्न थाले ।

यसैले हो अघि तल मेरो फोटो खिचेको, यो पत्रकार हो यसलाई यहि मार्नु पर्छ, यो कसको ठाउ हो थाह छ रु, माओवादीहरुसगै आएको रहेछ, अर्को रातो टोपी लगाउनेले फोटो खिचेको हो लगाएतका शब्द प्रयोग गर्दै मेरो घाँटीमा उनीहरुले बेरेको पासो ताना तान गर्दै कस्न थाले । एक्कासी यसरी ज्यानमार्ने प्रयास भइरहेकोले मलाई कता कता मेरो परिवारको याद आयो । भोलि मलाई केहि भए कसो गर्लान भन्ने पनि सोचे । मलाई मार्ने प्रयास भईरहेको थियो । उक्त अवसर मै केहिले मेरो जकेटको खल्ती खोलेर छामेपछि खल्तीमा भएका परिचयपत्र, अन्य कागजात, केहि पैसा र क्यामरा समेत निकाले । अव मलाई कसैले बचाएन भने म केहि बेरमै यो धर्तीमा जीबित रहन्न भन्ने भइरहेको थियो । म पछाडी घकेलिन प्रयास गरि रहेको थिए । सलको पासो अझै कसिरहेपछि मलाई सासफेर्न गाहे हुनथाल्यो । मेरै पछाडी रहेको ढोका घरक्क ग¥यो । मेरो कपडा समाएर एक जनाले एक्कासी बाहिर हुत्याईदियो । ढोकाबाट म मात्र बाहिर हुत्यीए । मैले पासो खोल्ने प्रयास गरेर त्यो सल निकालेको मात्र के थिए पुन आक्रमण शुरु भयो । बाहिर बाटो भन्दा केहि अग्लो पिढीमा हुत्याइएको मलाई त्यहाबाट पुन घरभित्र लैजाने प्रयास हुने देखेपछी म बाटोतिर आउने कोशिस गर्दै थिए । पिढीमा केहि ब्यक्तिले यस्तो गर्न हुदैन, भनिरहदा यसको क्यामराको फोटो देखा भनिरहेका थिए । क्यामरा त्यस अगाडीनै उनीहरुले कब्जा गरिसकेका थिए । तलाई थाह छ, यो कुन ठाँउ हो रु एमालेको गाउ हो । भन्दै धम्काउदै म माथी आक्रमण भईरह्यो । मैले भिरेको झोला सहितको एसर ल्यापटव चन्द्र रन्तिजाले खोस्ने प्रयास गरीरहेका बेला अरुले आक्रमण गरिरहेका थिए । म पछाडी घकेलीदै बाटोमा पुगेपछि मलाई आक्रमण गरिरहने उत्कृष्ट गौचनको अनुहार देखे । उसले म माथी प्रहार गरिरहेको थियो । अरुले बाटोमा लडाएपछि मेरो ल्यापटप समेत रन्तिजाले खोसेर लगे । त्यहि बेला वाईसिएलका केहि युवाहरु समेत त्यहा आईपुगेका थिए । त्यस पछि मात्र आक्रमणकारीहरुले मलाई छोडेर गए ।

मलाई आक्रमण भएको कुरा तत्काल घासा प्रहरी चौकीलाई प्राप्त भएपनि प्रहरी करिब १ घण्टा सम्म प्रहरी आएन । मेरो पाइन्टमा रहेको मोवाइल सेटमा समेत मोवाइलको टावर थिएन । मैले जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्ने प्रयास गरिरहेको थिए । तर टावर नभएर कसैलाई सम्पर्क हुन सकेको थिएन । वाईसियल अध्यक्ष दिनेश लाल थकालीलाई मैले तपाईहरुले बिषेश अनुरोध गरेका कारण आएको मलाई यस्तो हुदा समेत मलाई बचाउने प्रयास गर्नु भएन भनि आक्रोस पोखे । उहाले म तपाईहरु सबैका लागि होटल खोज्दै थिए, सबै साथीहरुलाई भनेको होटलबाट बाहिर ननिस्कन निर्देशन दिएकोले साथीहरु पनि बाहिर ननिस्केको बताउनु भयो । वाइसियलका युवाहरु आउनेक्रम बढ्न थाल्यो । एमाले उमेदवारका भाई बिक्रम गौचन पनि त्यहा आईपुगे । बिक्रमले सबै सामु आफ्नो गाउमा पत्रकारमाथी ज्यानमार्ने मनसायको गलत कार्य भएको बताईरहनु भएको थियो । करिब १ घण्टा पछि मोवाइलमा टावर आएकाले मैले जिप्रकामा सम्पर्क गरे । प्रहरी निरिक्षक चुरा बहादुर कार्कीलाई फोन गरी यती धेरै समय भई सक्दा समेत प्रहरी नआएको बताए । त्यसको करिब ५ मिनेट पछि प्रहरी घटना स्थलमा आई पुग्यो तर कसैलाई समाउने प्रयास नगरेपछि पुन तनाब शुरुहुन थाल्यो । प्रहरीलाई म आफैले आक्रमणमा संलग्न करिब ५ जनालाई सुमीत्राकै होटलमा रहेकाले चिनाए पनि प्रहरी आफ्नो कर्तब्य पालनबाट पछाडी हटिरहेको अनुभव गरी रहेको थिए । प्रहरीलाई कसैले दवाबमा राखे जस्तो पनि देखिन्थ्यो । म आफैले देखाएका ब्यक्तिलाई समाउने प्रयास नगरेका चौकी प्रमुख असई सिह बहादुर डागीलाई बाइसियलको दवाब पछि उत्कृष्ट गौचनलाई समाउन बाध्य भयो तर अरुलाई समाउने कोशिस अझै भएन ।

त्यहि अन्तरालमा मलाई ढोका खोलेर बाहिर हुत्याउने मार्फा गाबिसको पुथाङका आम्ची छम्वहवाङ गुरुङ रहेको जानकारी समेत प्राप्त भयो उहाले घाटीमा पासो लगाएकाले तत्काल मार्न सक्ने भएकाले तानेर हुत्याईदिएको बताउनु भएको छ । म पनि प्रहरी चौकीमै गए । प्रहरीले मेरो सुरक्षाका लागि कुनै चासो देखाएन । म चौकीको ट्वाइलेट जानमात्र के लागेको थिए असई डागिले “डिएसपी साप म कुनै पनि हालतमा यो घटना बाहीर आउन दिन्न, यीनीहरुलाई यहि राखेर सकभर आजै मिल्न दवाब दिन्छु ।” भनिरहेका थिए । काठले बारेको चौकीमा मोवाइलको उताबाट आएको आवाज समेत केहि सुनि रहेको थिए । पत्रकारमाथी भएको घटना भएकाले हामीलाई समस्या पर्छ भनेर उताबाट आवाज आईरहेको थियो ।

म ट्वाइलेट समेत नगई डिएसपी गोबिन्द भट्टराईलाई मोवाइल सम्पर्क गर्न खोजे तर बिजी, बिजी । धेरै बेर पछि उहासग सम्पर्क भयो मैले उहालाई आक्रोशित हुदै त्यस घटना र प्रहरीको ब्यबहारको बारेमा कुरा गरे । तपाईसग असईले भनेका कुरा र असईलाई तपाईले भनेका कुरा यसो यसो होकी होइन भन्दै प्रश्न समेत गरे । उहाले माफी समेत माग्नु भयो । मैले उहालाई प्रहरीले माफी माग्ने होइन कर्तब्यपालन गर्नुपर्छ भने । असई डागी मेरो आक्रोश देखेर मसग “बस्ताकोटी सर क्रान्तिकारी पत्रकार सघं, तनहुको अध्यक्ष उज्वल पौडेललाई चिन्नुहुन्छ, उसको र मेरो घर एकै ठाउ हो, उ र म एकदमै नजिकका हु ।” भनिरहन खोजीरहेका थिए । मैले उज्वलको नाम लिएर घटना तोडमोड गर्न खोजेको भनेर हपारेपछि बल्ल समातीएको उत्कृष्ट गौचनसग घटनामा अरुको को संलग्न थिए रु भन्दै सोध्न थाले । उसले आफु लगायत चन्द्र रन्तिजा, उज्वल छन्त्याल, जगत पुन, अजय पुन, भरत पुन लगायत संलग्न रहेको बताईरहेको थियो । उसले मादकपदार्थ सेवन गरे या नगरेको बुझ्न मैले सुध्न खोजे तर मादकपदार्थ सेवन गरेको जस्तो पाइन ।

घटना हुनु भन्दा करिब २५÷३० मिनेट पहिला एमाले उमेदवारका बुवाको घर केहि माथी यी माथीका मध्येको एक युवकको फोटो उनकै अनुमतीमा मैले खिचेको थिए । उनको बसेको बेला खिचेका फोटो नराम्रो भयो होला भन्दै उभिएर खिच्न भनेपछि मैले पुन खिचेको थिए ।

घासाको अन्तीम तिरबाट एमाओवादी उमेदवार घर दैलोमा लागे पछि म गाउको बीच तिर छिरेको थिए । म एक्लै जस्तो बाटोमा देखिएकाहरुसग यो सबिधानसभाको चुनाबमा किन मतदान गर्दै हुनुहुन्छ रु, सबिधान बन्ला जस्तो लाग्छ रु गाउलेहरुसग सबिधानसभाको चुनाबमा यो पटक मत दिनुको महत्व के हो रु सबिधानसभाको निर्वाचनबाट तपाईहरुले के अपेक्षा गर्नुभएको छ रु, सबिधानसभाको निर्वाचनमा बिकासका मुद्धा किन उठेका होलान यस्तै प्रश्न सोध्दै हिडिरहेको थिए । तलबाट एमाओवादीको टोली घर दैलो एमाले उमेदवार चन्द्रमोहन गौचनको घर छिर्यो । त्यो देखे पछि म पनि उमेदवारकै बुवा सग अर्को प्रतिश्प्रर्धिले कसरी भोटमाग्लान भन्ने कोतुहलका साथ त्यहि छिरे । उहाहरु को भोट माग्ने र सुन्ने काम पछि सबैजसो निश्केर गए । म टेलिभिजनको स्कोरमा समाचार देखिएकाले केहिबेर समाचार पढेर निश्के । एमाओवादी पुरै टोली त्यहा देखिएको थिएन । वाईसियल मुस्ताङ अध्यक्ष दिनेश थकालीले पानीपरेकाले आज जाडोले जान नसकिने भयो, म सबैलाई होटलको ब्यबस्था गर्न जादै छु । ब्यबस्था भएपछि खवर गर्ने पहिलेनै बताउनु भएकाले कहा बस्ने पत्तो नै थिएन । म हिड्दै गर्दा घरिघरी मेरो अगाडी पछाडी केहि अपरिचत युवा हिडेको पनि देखेको थिए । म बिस्तारै हिडेकाले उनीहरुसगै म भईन । पानी बन्द भएपनि जाडो भने कम नभएको हुनाले एकै ठाउमा बस्दा अझ जाडो हुने भएकाले र बासको कुनै ठेगान नभई सकेकाले म केहि माथी गईरहेको थिए । मान्छेहरुको जमघट देखे पछि म के रहेछ भनेर त्यता तिर हेरे । मेरो पछाडीबाट एक युवा पुन भित्र आए । म के रहेछ भनेर केहि अग्लो रहेको पिढि चडेको मात्र के थिए माथी मैले लेखेको घटना शुरु भइहाल्यो ।

घाँसा जानुभन्दा पहिले र पछि केके भएको थियो

अघिल्लै दिन एक सीसी नाम गरेकी फ्रेन्च महिला बेखर्ची भएर मलाई सहयोग माग्न आएपछि मेरै घरमा बस्न र अर्को दिन पोखरा जानका लागि केहि रकम दिन मेरी श्रीमती शोभा र म सहमत भएर बास बस्न दिएका थियौ । उनले मेरो ल्याबटप र इन्टरनेटको प्रयोग गरि करिब ८० भन्दा बढि आफन्त, साथीलाई आफु बेखर्ची भएको आफ्नो एटिएमले काम नगरेका प्रतिउत्तर पठाएकी थिइन । १३ गते बिहानै उनलाई २ हजार नेपाली रुपैपा दिएर मेरी श्रीमतीले पठाए पछि छिटो पुग्ने बाटोको बारेमा मैले जानकारी गराएर बिहान करिब १० बजे म जोमसोमको मुक्तिनाथ जाने जिप काउण्टरबाट घासा सम्म हुन गईरहेको वाईसिएलको मोटरसाइकल ¥याली उदघाटनको समाचार संकलनका लागि लागे ।

वाइसियलले गर्ने भनेको मोटरसाइकल ¥याली केहि समय पछि हुने देखिए पछि म मेरा आफन्त दाजु सुर्यमोहन दहाल कहा केहि बेर बसे । जिल्ला कृषि बिकास कार्यालयका प्रमुख रेवतीरमण पौडेलले २ बटा कार्यक्रममा आउन मोवाइल सम्पर्क गरिरहनु भएको थियो । मैले ¥यालीको उदघाटन पछि आउने बताएको थिए, उहालाई आउन ढिलाभए तपाईसग समाचार लिएर पठाउने छु भनेर भनेपछि उहाले त्यसो भए तपाईलाई अनुकुल मिलाएर आउनुहोला भन्ने उत्तर दिनुभयो । लगत्तै वाइसियल मुस्ताङ अध्यक्ष दिनेशलाल थकालीले फोन गरी केहि छलफल गर्र्नु छ भनी बोलाएपछि म उहाको घरमा गए । उहाले आजको समाचारसगै ¥यालीको डकुमेन्ट्री समेत बनाउन सहयोग गरिदिन आग्रह गर्नुुभयो । म घासा सम्म जाने सोच नबनाएको भएकाले दोधारमा परे । लगत्तै एमाओवादी जिल्ला अध्यक्ष एव समानुपातिक उमेदवार गायत्री गुरुङ कुसुम आउनु भयो । होटल प्राइडको प्राङणमा एमाले जिल्ला बरिष्ठ सल्लाहकार छम्वहवाङ गुरुङ, स्याङका बुद्धि बहादुर गुरुङ, मार्फाका जिवन हिराचन लगायतको नेतृत्वमा करिब १ सय साठी अन्य दलका कार्यकर्ता एमाओवादीमा प्रवेश गरे । मैले फोटो र भिडियो वाईसियल अध्यक्ष थकालीको अनुरोध गरेपछि खिच्न शुरु गरेको थिए ।

त्यसको लगत्तै ¥याली शुरु भयो । म पनि उहाहरुको अनुरोध लाई स्विकार गर्दै घाँसा पुगेपछि अन्य दलका उमेदवारको समाचार समेत संकलन गर्न पाइने भएकाले त्यतै लागे । केहि बेर उहाहरुको भिडियो र फोटो खिचे पछि मार्फामा भई रहेको नेपाली काग्रेसका उमेदवार रोमी गौचनको घर दैलो कार्यक्रमको समेत भिडियो र फोटो खिचे । त्यस पछि म लेते पुगेर ¥यालीको समाचार लेख्न थाले । लेतेमा इन्टरनेट सुबिधा भएकाले बाइसियल घासा पुगेर समापन गरेको समाचार फोनबाटै लिई समाचार पठाए । क्यामरामा भएका केहि फोटो र भिडियो समाचार लेख्दै गर्दा मेरो कम्प्युटरमा कपि गरेर पनि राखे । समाचार पठाई सकेपछि म घासा तिर जादै गर्दा पानी परेकाले भिजेको थिए । घासामा काठमाण्डौ देखि बिदेशबाट समेत ङुटुक गुरुङका आफन्त प्रचार प्रसारका लागि आएको थाह पाए । एक होटलमा तात्तातो थुक्पा रहेछ, भेडाको मासु समेत मिसाएकोले मलाई मासुत्यति मन नपर्ने भएकाले मासु फालेर थुक्पा खाए । त्यतीबेला पानी अलि बिदो भइसकेकाले म नेपाली काग्रेसका उमेदवार रोमी गौचन, नेपाली काग्रेसको बागीका रुपमा स्वतन्त्र उमेदवार प्रेमप्रसाद तुलाचन र एमाले उमेदवार चन्द्रमोहन गौचनको गाबिसमा माओवादीको ¥याली समापन लगत्तै घरदैलो कार्यक्रम भएकाले सबै उमेदवारको समाचार संकलनका लागि म छुट्टै लागेको थिए ।

आक्रमण भएको थाह पाए पछि मेरा धेरै शुभचिन्तकले मलाई सम्पर्क गर्नुभयो । गोरखापत्र दैनिकको समेत मुस्ताङ सम्वाददाता रहेको मलाई भोली पल्ट बिहान गोरखापत्र दैनिकको सम्पादक हु भन्दै एक ब्यक्ति केपी गौतमले चुनाबको समय छ, चुनाबलाई असर गर्ने भएकाले घटनालाई त्यहि साम्यपार्र्नु, घटनालाई त्यहि मिलाउनु, घटनालाई समाचार नबनाउनु, अन्यथा हाम्रो पत्रकारीतामा आच आउने, समाचारका रुपमा पठाए राम्रो हुने छैन, बाहिर ल्याए गोरखापत्रबाटै कावार्ही गर्ने जस्ता अनेकखाले धम्कीका भाषामा करिब १० मिनेट सम्म धम्कीपुर्ण कुरा गरेर मलाई मानसिक तनाब दियो । उसले मेरो मोवाइल नम्वर कताबाट पायो, कसले उसलाई जानकारी दियो, यसरी म माथी आक्रमण गर्नेहरु कसैवाट संचालित थिए कि थिएनन भन्ने कुरा मैले नसोचे पनि हिजो मात्र स्वतन्त्र उमेदवार प्रेम प्रसाद तुलाचनले उनीहरु कसैबाट परिचालित भएको, नत्र यत्रो हरकत गर्न नसक्ने बताए पछि गोरखापत्रको सम्पादक हु भन्ने ब्यक्तिका कुरा समेत सम्झेर म अझ झस्कीए । गोरखापत्र दैनिक बाहेकका प्राय संचार माध्यमले घटनाका बारेमा समाचार प्रकाशित एव प्रसारीत गरेपनि गोरखापत्रका केहि ब्यक्तिले घम्की दिएर १५ गते समाचार प्रकाशित नगर्नु निन्दनिय छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पर्वतका कुल आचार्यद्वारा गृह जिल्लावाटै एनआरएनएको अध्यक्ष पदमा उमेदवारी घोषणा

दोहोरी गीत प्रतिष्ठान पर्वतको सम्मान तथा साधारण सभा सम्पन्न

म्याग्दीका गाउँगाउँमा ‘सेतो पुतली झुस’: आँखाको ज्योति गुमाउँदै स्थानीय, कसरी हुन्छ सङ्क्रमण ?

अनेरास्ववियू क्रान्तिकारी पर्वतको अध्यक्षमा साजन परियार

मेक्सिको जान लागेका १८ नेपाली जर्मनीको विमानस्थलमा समातिए