लक्ष्मीपूजाको दिन सुमिनाको जन्मदिन

अभिनेत्री सुमिना घिमिरेले लक्ष्मीपूजाको दिन २४ औं जन्मदिन मनाउँदैछिन् । तिहार मनाउन हाल गृह जिल्ला सुर्खेत पुगेकी सुमिनाले दर्शनको लागी देउती वज्यै मन्दिर जाने तयारीमा रहेको सनाइन् । मन्दिरको दर्शन बाहेक जन्मदिनमा खास कार्यक्रम नरहेको सुमिनाले बताईन् । उनी ६ सन्तान मध्येकी कान्छी छोरी हुन् ।

पाँच वर्ष अघि फिल्म ‘दुलही’ मार्फत सुमिनाले नेपाली रजतपटमा प्रवेश गरेकी थिइन् । छोटो समयमै सुमिनाले दुई दर्जन भन्दा बढी फिल्ममा अभिनय गर्ने अवसर पाएकी छिन् । पछिल्लो समय सुमिनाका एडल्ट फिल्म बढी प्रदर्शनमा आएका छन् । स्टार, नाइन ओ क्लक, लभ फरेभर, अप्रिल फूल जस्ता सुमिना अभिनित फिल्मले एडल्ट सर्टिफिकेट पाएका थिए ।

बेला बेलामा व्यक्तिगत कारणले चर्चा र विवादमा आइरहने सुमिन भन्छिन्- ‘काम पाउञ्जेल फिल्म लाइनमै रहन्छु । जुन दिन हात खाली हुन्छ, त्यस बेलादेखी कुनै व्यापार व्यवसाय सुरु गर्ने सोच छ ।’ सुमिना काठमाडौंमा घर र गाडी जोड्न सफल भएकी छन् । उनी सुनाउँछिन्- ‘मेरो कमाइसँगै परिवारको सहयोगबाट घर गाडी किन्न सफल भएकी हुँ ।’

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पश्चिम पृतनामा भूपू सैनिक सम्मेलन सुरु

समाजसेवी गुरुङको पहलमा ब्लड क्यान्सर पिडीतलाई ३ लाख सहयोग

एमाले प्रमुख सचेतक गिरी निर्वाचन क्षेत्रका मतदाता भेटघाटमा ब्यस्त

एम्पायर हल सञ्चालक पर्वतको कुस्माका गिरीले लण्डनको अल्डरसटमै खोले सुसी मोटो रेष्टुरेन्ट

विवादित विधेयकप्रति एमालेको भूमिका-देशको हितविरुद्धका जुनसुकै कदमको प्रतिवाद गर्छौँ : प्रमुख सचेतक गिरी