साहरुख खान ४८ औं बर्षमा प्रवेश

बलिउडका वादशाह साहरुख खान आजबाट ४८ औं बर्षमा प्रवेश गरेका छन् । दिल्लीमा जन्मेका साहरुखले बलिउडमा ‘दिवाना’ चलचित्र मार्फत प्रवेश गरेका थिए । बलिउडमा उनलाई रोमान्स किङ, बादशाह लगायतका नामले पनि चिनिन्छ ।उनी बलिउडमा २० बर्षदेखि निरन्तर राज गरिरहेका छन् ।

साहरुख खानले अभिनय गरेका अधिकांश सिनेमाहरु सफल छन् । साहरुख आज विश्वकै चर्चित कलाकारको सूचिमा अग्रस्थानमा छन् । साहरुख एसियाकै धनी कलाकार हुन । यस्तै उनी विश्वकै धनी कलाकारको सूचिको चौथो स्थानमा रहेका छन् ।

साहरुखले अभिनय गरेका डर, बाजीगर, दिलवाले दुल्हनिया ले जायंगे, कुछ कुछ होता हे, कभी खुशी कभी गम, ओम शान्ती ओम, चेन्नई एक्सप्रेस, माई नेम ईज खान, मे हँु ना, जब तक हे जान, विर जरा जस्ता सिनेमाहरु सर्वाधिक चर्चित रहेको पाइन्छ । बलिउड बादशाह साहरुख खानलाई जन्मदिनको हार्दिक शुभकामना ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

मुस्लिम समुदायका बालबालिकालाई विद्यालयमा टिकाउनै गाह्रो

जलजलाको बगरफाँट जोड्न कालीगण्डकीमा शुरु भयो बेली ब्रिज निर्माण

पूर्णेश्वरका भूपू विद्यार्थीले विद्यार्थी र शिक्षकको रक्त समूह पहिचान गर्दै

पर्वतका चारवटा मोटरेबलपुल, निर्माणको काम सुरु नहुँदै अनिश्चित

स्वास्थ्य बिमामा बेथिति : उपचारभन्दा सास्ती बढी