साहरुख खान भारतकै धनी व्यक्तिको सूचीमा

बलिउड बादशाह साहरुख खानको नाम भारतकै सर्वाधिक धनी व्यक्तिको सूचीमा समावेश छ । हालै मात्र साहरुखलाई भारतकै धनी व्यक्तिको सूचीको १ सय १४ नम्बरमा समावेश गरिएको छ ।  साहरुख खानको प्रोडक्शन हाउस रेड चिल्लीलाई यो नम्बरमा सूचीकृत गरिएको हो । साहरुखसँग चार सय मिलियन अमेरिकी डलर सम्पत्ती रहेको छ । साहरुख रेड चिल्लीसँगै आइपीएल अन्र्तगत कोलकत्ता नाइट राइडर्सको मालिक, एक फूटबल टिमको मालिक पनि हुन् । साथै उनले विभिन्न विश्वमा प्रख्यात ब्रान्डहरुको एम्ब्यासडरको रुपमा पनि काम गर्दै आएका छन् ।
साहरुख खानले निर्माण गरेको चलचित्र ‘चेन्नई एक्सप्रेस’ले हालै मात्र भारतमा २ सय २५ करोड माथिको व्यापार गरेको थियो । भारतकै धनी व्यक्तिहरुको सूचिमा पर्ने साहरुख बलिउडका एक मात्र कलाकार हुन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’