अध्यक्ष प्रचण्ड र एनआरएन प्रतिनिधि भेट

काठमाडौं, ६ कात्र्तिक –

एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” ले देशमा राजनीतिक स्थिरता र आर्थिक विकास आफ्नो पार्टीको मूल एजेण्डा भएको बताउनु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा एनआरएनका प्रतिनिधिसँग भेटघाट गर्दै अध्यक्ष प्रचण्डले देश निर्वाचनको मुखमा गईरहेकाले सबैले निर्वाचन सफल पार्न आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्ने कुरामा जोड दिनु भयो ।

अघिल्लो पटक ठुलो पार्टी भएपनि स्पष्ट बहुमत नभएकाले स्थिर सरकार र संविधान बन्न नसकेको औंल्याउँदै उहाँले एमाओवादीलाई स्पष्ट बहुमत दिए मात्र नेपाली जनताले संविधान र देशले बिकास पाउने ठोकुवा गर्नुभयो ।  देशमा आर्थिक अभावका कारण विदेशमा नेपाली पलायन हुनु राम्रो नभएको बताउँदै अध्यक्ष प्रचण्डले सीप, दक्षतालाई बढाउनुपर्ने कुरामा जोड दिनु भयो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’