एमाओवादी कास्कीका उम्मेदवार पौडेलको प्रचार गाडीमा आगजानी

कास्की, ६ कार्तिक । कास्की निर्वाचन क्षेत्र नं. १ का एमाओवादी उम्मेदवार विष्णु पौडेलले चुनाव प्रचारप्रसारका लागि प्रयोग गर्नुभएको गाडीमा आज अज्ञात समुहले आगजनि गरेको छ ।

चुनाव प्रचारप्रसारको क्रममा सिद्ध गाविस पुग्नुभएको उम्मदेवार पौडेलले प्रयोग गर्नुभएको ग. १ च ५१४३ नम्बरको बोलेरो जिपमाथि अज्ञात समुहले आगजनी गरेको हो ।

अज्ञात समुहले विहान करिब ४ : १५ बजेतिर सिद्ध गाविसको वडा न. ६ स्थित निवुवा स्वाँरामा पार्किङ गरेर राखेको जिप आगजनी गरेको हो । आगजनीबाट जिप जलेर ध्वस्त भएको छ । जिप सहित प्रचार सामग्रीहरु समेत जलेर नष्ट भएका छन् ।

घट्नापछि प्रतिकृया दिँदै पौडेलले देशव्यापी रुपमा एकीकृत माओवादीको लहर देखेपछि चुनावमा पराजित हुने डरले यस्तो हतकण्डा अपनाएको बताउनु भयो । उहाँले घटनाको निस्पक्ष छानविन गर्न माग गर्नुभएको रेडियो गण्डकी पोखराले जनाएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका

बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना