क्षेत्र नं ६ मा एमाओवादीको घरदैलो अभियान सुरु

काठमाडौँ, ४ कात्तिक –

एकीकृत नेकपा (माओवादी) काठमाडौँ क्षेत्र नं ६ का उम्मेदवार हिमाल शर्माले घरदैलो अभियान सुरु गर्नुभएको छ ।  काभ्रेस्थली गाविस भवनमा एक कार्यक्रमको आयोजना गरी उहाँले घरदैलो अभियान सुरु गर्नुभएको हो । अभियान सुरु गर्दै उम्मेदवार शर्माले जनतालाई अधिकार सम्पन्न बनाउनका लागि आफ्नो पार्टी निर्वाचनको महाअभियानमा जुटेको र आफ्नो पार्टीले पूर्ण विजय प्राप्त नगर्दासम्म जनताको पक्षमा कुनै पनि काम नहुने धारणा राख्नुभयो ।

अघिल्लो संविधानसभा निर्वाचनमा एमाओवादी अरू दलभन्दा ठूलो दल बने पनि पूर्ण बहुमत प्राप्त नहुँदा जनताको पक्षमा काम नभएको र परिवर्तनकारी शक्तिको दुई तिहाइ बहुमत प्राप्त नहुँदा जनताको पक्षमा संविधान निर्माण हुन नसकेको धारणा उहाँले राख्नुभयो ।

कार्यक्रममा स्थानीयले जनताको पक्षमा काम गर्न र परिवर्तनको प्रवाहलाई अगाडि बढाउने ढङ्गले काम गर्न आग्रह गरेका थिए । सो निर्वाचन क्षेत्रमा गोङ्गबु, मनमैजु, काभ्रेस्थली, धर्मस्थली, फुटुङ, साङ्ला र झोर गाविस रहेका छन् भने काठमाडौँ महानगरपालिकाका २९, ३० र ३१ नम्बर वडा रहेका छन् । त्यसमा समाखुसी, नयाँ बसपार्क, गल्कोपाखा, ठमेल, ज्याठा, असन, महाबौद्ध, बागबजार, कमलादी लगायतका क्षेत्र रहेका छन् ।

सो निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसका तर्फबाट भीमसेनदास प्रधान, नेकपा (एमाले)का तर्फबाट योगेश भट्टराई र सङ्घीय समाजवादी पार्टीका तर्फबाट काठमाडौँ महानगरपालिका पूर्वमेयर केशव स्थापितलगायत उम्मेदवार रहनुभएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका

बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना