मिसेस ग्लोब २०१३ मा मिसेज नेपाल रजनी थापा

बालबालिकादेखि युवायुवतीसम्मलाई लक्षित गरी सौन्दर्य प्रतियोगिता तथा इभेन्ट आयोजना र व्यवस्थापन गर्दै आएको संस्था इप्लानेटले आयोजना गरेको मिसेज नेपालको दोस्रो संस्करणकी विजेता रजनी थापाले चिनमा हुन लागेको ‘मिसेस ग्लोब २०१३’ मा सहभागिता नेपालको प्रतिनिधित्व गर्ने भएकी छिन । चिनको सेन्जेन शहरमा हुन लागेको प्रतियोगितामा भाग लिन २६ वर्षीया थापा शनिबार त्यसतर्फ प्रस्थान गर्दैछिन् ।
संस्थाका अध्यक्ष सन्तोष सापकोटाका अनुसार आउदो अक्टोबर २७ मा चिनको सेन्जेन शहरस्थित वेस्टिन शेंज्हें फुटियन होटेलमा हुने फाइनल प्रतियोगितामा विभिन्न ४३ देशका सुन्दरीहरूको सहभागिता रहनेछ । मिसेस ग्लोब प्रतियोगिता १९९६ देखि शुरु भएको हो । यो प्रतियोगिताको १७ औं सस्करण हो । ‘नेपालको तर्पmबाट पहिलो सहभागी प्रतियोगितामा सहभागी हुन पाउनु एउटा राम्रो अवसर हो, आशा छ हाम्रो सहभागीले त्यो अवसरलाई उत्कृष्ट किसिमले सदुपयोग गर्नुहुनेछ’ सापकोटा भन्छन् । ६३ देशका सहभागी र चिन लगायत विभिन्न देशका लगभग १६०० दर्शक सामु नेपालकी प्रतियोगी रजनीले नेपालको झन्डा फहराउने छिन् । ‘आशा गरौ उपाधि जितेर नेपाल र नेपाली को शिर उचो बनाउने छिन’ विभिन्न ४२ अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिताका नेपाल निर्देशक समेत रहेका सापकोटाले भने । उनको संस्था ईप्लनेटले पछिल्लो संस्करणमा ‘मिसेस नेपाल’ सहित एकै स्टेजमा ‘लिटिल मिस नेपाल’, ‘मिस टिन इन्टरनेशनल’ र ‘मिस इन्टरनेशनल’ प्रतियोगिता आयोजना गरेको थियो भने यस बर्ष २०१४ को लागि पनि आबेदन फारम वितरण शुरु गरिसकेको छ यो बर्ष इ प्लानेट ले फेब्रुअरि महिना को चार शनिबार चार प्रतियोगिता ‘लिटिल मिस युनिभर्स नेपाल’, ‘मिस टिन युनिभर्स नेपाल’ ‘मिस इन्टरनेशनल’ र ‘मिसेस युनिभर्स नेपाल’ को आयोजना गर्दै छ ।
यस अधि इप्लानेट ले अन्तराष्ट्रिय प्रतियोगिता ‘मिसेस युनिभर्स २०१३’ मा सहभागी नेपाली प्रतियोगि मिना घिमिरेले ‘मिसेस इन्टेलिजेन्ट’ विधाको अवार्ड, चिल्ड्रेन अफ युनिभर्स मा पठाएका चार प्रतिष्पर्धीले शीर्ष उपाधिसहित फष्ट रनरअप, ग्रेस फष्ट रनरअप, स्टार फष्ट रनरअप २०१३ घोषित भएका थिए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’