फ्रेन्च कम्युनिष्ट आन्दोलन – पेरिस कम्युनदेखि हालसम्म

प्रमोदराज सेढाई –

संसारकै पहिलो मजदुर बिद्रोह हो– पेरिस कम्युन । पेरिस कम्युन मजदुरहरुले शक्ति हत्याएको विश्वकै पहिलो उदाहरण मात्र होइन मजदुर आन्दोलन, कम्युनिष्ट आन्दोलन तथा सत्ता कब्जाको जीबन्त इतिहास पनि हो । सन् १८७१ को मार्च १८ मा फ्रान्स पर्सियासग पराजित हनु अघि सरकारले पर्सियन फौजलाई रोक्न सेना पठाएको थियो । फ्रान्सेली सरकारसग रुष्ट बनेका पेरिसबासीले आफ्नो क्षेत्र कब्जा गरेर फिर्ता हुन अस्वीकार गरे । सेनाका कमाण्डरले कब्जागरी बसेका नागरिकमाथि गोली चलाउन दिएको आदेश सिपाहिले मानेनन् । उल्टै आफ्नै कमाण्डरमाथि हतियार फर्काएर बिद्रोह गरी कम्युनलाई साथ दिए । ४ जुलाई १८७० मा फ्रान्सले जर्मनीमाथि हमला ग¥यो । ६ सातापछि फ्रान्सले जर्मनीसंग आत्मासमपर्ण गयो । यही संकटले बोनापार्ट तृतीयको राजतन्त्र अन्त्य भयो । फ्रेबुअरी २६, १८७१ म फ्रान्स र जर्मनीबीच युद्धबिराम सम्झौतामामा हस्ताक्षर गर्दै पेरिस जर्मनीलाई सुम्पीने सहमति भयो । तर मजदुरको पक्षमा रहेको पेरिसको नेशनल गार्ड दुश्मनसंग आत्मासमपर्ण नगर्ने अडानमा रहेपछि मार्च १८ मा सरकारी सेनाले सशस्त्र हमला गयो । तर आत्मासमर्ण नगरेपछि सरकारी सेना पछाडी हट्यो र पेरिसमा मजदुरले कब्जा जमाए । यसमा ब्लांकीवादीका ४ हजार सशस्त्र सैन्य तथा अन्य लडाकुको उल्लेखनीय योगदान रहयो । त्यसैले ९२ सदस्यीय काउन्सिलरमा पनि उनीहरुकै बहुमत रहयो । त्यसमा १८ जना मात्र माक्र्सवादी थिए । बिद्रोहीसंग कुनै पूर्वयोजना नभएकाले फ्रान्सभरी कब्जा जमाउन सकेन । जे होस पेरिसलाई फ्रान्सबाट टुटाएर शासन संचालन गरे । फ्रान्सको राजधानी पेरिसका सम्पूर्ण मजदुरहरु मोर्चामा सहभागी भएका क्रान्तिकारी सुरक्षा गार्ड मजदुरहरुको समुह, राष्ट्रिय गार्डस्मिनले पेरिस कब्जा गरी आफ्नै बिचारधाराको पुनसंरचीत बस्ति बसाए । पेरिस कब्जा भएपछि आम चुनाव गरी ज्याकोविन्स तथा रिपब्लिकनहरुको सहभागिता रहेको एक परिषद्को गठन गरे । सोही परिषद्ले पेरिस एक स्वतन्त्र कम्युन अर्थात समुदाय भएको घोषणा गर्दै सिंगो फ्रान्स पनि यस्तै कम्युनहरुको संघ हुनुपर्ने माग ग¥यो । पेरिसका बहुसंख्यक मानिसहरु वाह्य नाकाबन्दीका बाबजुद कम्युनमा संगठित भएका थिए । उनीहरुले बा“की विश्वलाई पनि आफ्नो कदम समर्थन गर्दै यस्तै गर्न आग्रह गरिरहेका थिए । पेरिस कम्युनले अत्यन्तै तल्लो बर्गबाट संगठित भएर नया“ समाजको स्थापना गर्न सम्भब हुन्छ भन्ने प्रमाणित गरिदिएको दाबी गरेको थियो । कम्युनहरुले आफ्नो कार्य स्थललाई सहकारीमा परिणत गरेका थिए भने अतिबादी सिद्धान्तलाई व्यबहारमा समेत उतारेका थिए । मे को अन्त्य सम्ममा ४३ वटा मजदुर कार्यक्षेत्र सहकारीमा परिणत भइसकेका थिए । क्रान्तिको सर्बस्विकार्य नेतृत्वको अभाव, अन्यौलपूर्ण राजनीतिक कार्यदीशा, त्रासदीपूर्ण जनसंख्या तर घेराबन्दीमा परेको गृहयुद्व जित्नैपर्ने बाध्यता एकातर्फ थियो भने अर्कोतर्फ कम्युन सदस्यहरुमा राजनीतिक ज्ञानको कमी थियो । उनीहरु निरर्थक, लम्बे र अर्थहीन छलफलमा समय बिताउने, तर कुनै निचोडमा नपुगी बिषयान्तर र विवाद मात्र निम्त्याउ“थे । अधिकांश सदस्य ट्रेड युनियन मानसिकताका भएकाले शिक्षाको विकास या श्रमिकवर्गको उत्थानमध्ये कसलाई प्राथमिकता दिने भन्नेमा मतभेद देखियो । कम्युनमा ६० वर्ष नाघेका ५ जनासहित औसत ३८ बष उमेरसमूहका ८१ जना प्रतिनिधि सामेल थिए । ३० बष नकाटेका अन्य १५ तथा तीसौं वर्È टेक्दै गरेका १८ जना सदस्यबीच कम्युन प्रहरी प्रमुख राउल रिगाउल्ट केवल २५ बषको उमेरसंगै सवैभन्दा कान्छा सदस्यका रुपमा थिए । कम्युनमा बामपन्थी पत्रकार पनि सदस्य थिए । एक अनुभवी क्रान्तिकारी नेतृत्वका रुपमा व्लान्क्वीले कम्युनलाई राजनैतिक गति दिने हैसियत राख्दथे तर प्रहरीले उनलाई पक्राउ गरेका कारण्ँ पहिलेदेखि नै कैदी जीवन बिताइरहेको थिए ।
पेरिसको सुरक्षा र स्वाबलम्बनका लागि मजदूर परिषद्ले पनि पहल गरिरहेको थियो । सुरक्षाकै लागि परिषद्ले लुभ्र संग्रहालयलाई हतियार कारखानाको रुपमा बिकास गरेका थिए । मजदु्रहरुले आर्थिक स्वतन्त्रताको लागि सबैतिरका मजदुरको एकताबद्ध संगठन हुनु पर्ने धारण राखेका थिए । उनीहरु मजदुरहरुको परिषद्मा मानिसले मानिसको शोषण बन्द गर्नुपर्ने तथा मजदुरहरुको एकताबाट स्थापित एकिकृत संगठन नै आफुहरुको ठुलो शक्ति भएको मान्थे । तर, पछि मजदुरहरुको परिषद् निर्वाचित सदस्यहरुबाट नै एक्लो बन्यो । सदस्यहरुको वेवास्तामा परेपछि परिषद्ले सार्वजनिक सुरक्षा समिति गठन ग¥यो । यो समिति पनि परिषद्मा प्रतिनिधित्व गर्ने अल्पसंख्यक अतिबादीहरुले बहिस्कार गरे । त्यस्तै, पेरिसलाई सेनाको आक्रमणबाट जोगाउन चिन्तित समुहले पनि समितिको बिरोध गरे । मे २१, १८७१ म पेरिसमा पुन सैन्य हमला भयो । एक साताको भिडन्तपछि मे २८ सम्म भिडन्त जारी रहे पनि अन्ततः सरकारी सेनाले पेरिस कब्जा ग¥यो । ७२ दिनमा पेरिस कम्युनको अन्त्य भयो । महिलासहित ३० हजार मारिए, ४५ हजारलाई गिरफ्तार गरियो, १५ हजारलाई जेल या फासीको सजाए दिइयो । एक प्रमुख नेता महिला लुइस मिचेलले त – म पुरै नै क्रान्तिका पक्षमा छु र आफ्ना सबै कार्यका लागि जवाफदेही हुन चाहन्छु भनी माफी नमागेकाले उनलाई १० वर्षे काराबास सजाए सुनाइयो । पेरिस कम्युन पतनपछि दशौंहजार मानिस भागे यसैमध्येका १ युजेन पोत्तेरले क्रान्तिकारी गीत अन्तर्राष्टियको रचना गरे । यो क्रान्तिलाई कार्ल माक्र्सको समेत साथ थियो । पेरिस कम्युनको पतनपछि माक्र्सले अन्तर्राष्टिय जनरल काउन्सिलका तर्फबाट एउटा वक्तब्य जारी गरेका थिए जुन पछि फ्रान्सेली गृहयुद्धका नामले पुस्तक नै प्रकाशन गरियो । आफ्नो कार्यकालमा पेरिस कम्युनले केही महत्वपूर्ण कार्यहरु समेत गरेको थियो । राज्य र चर्चबीचको सम्बन्ध अन्त्य, कब्जा सम्पत्तिको क्षतिपूर्ति भरण, पेरिसका सयौं बेकरीबाट रात्रिकालीन कामको अन्त्य, संघर्षका क्रममा मारिएका राष्ट्रिय सुरक्षा गार्ड तथा मजदूरका परिवारलाई निवृत्तिभरण सुविधा, कम्युन आन्दोलनका क्रममा बन्धकी राखिएका मजदूरका सामान फिर्ता गर्न पहल, व्यापारिक ऋणका सर्त तथा ऋणको व्याज लागउने प्रणालीको अन्त्य, मालिकहरुबाट त्यागिएका व्यवसाय उसका कामदारले सम्हाल्ने व्यवस्था शुरु, मालिकलाई न्यूनतम क्षतिपूर्ति उपलब्ध गराउने घोषणा लगायत पेरिस कम्युनका प्रभावकारी कामहरु थिए । विश्व कम्युनिष्ट आन्दोलनको एउटा जिवन्त इतिहास तथा असफल बिद्रोहले विश्वभरका कम्युनिष्टमा एउटा ठूलो भावनात्मक हलचल ल्याइदियो । अनगीन्ती सपना र लक्ष्य बोकेर गरिएको बिद्रोहले पेरिस त कब्जा ग¥यो तर शासन जोगाउन सकेन ।

फ्रान्सेली कम्युनिष्ट राजनीति
७२ दिनमा बिघठन भएको विश्वमै पहिलो साम्यवादी व्यबस्था पेरिस कम्युनमाथी दमन र बिघठन पछि फ्रान्समा कम्युनिष्टहरुमाथी कठोर दमनको नीति लिइयो । पक्राउ पर्ने, मारिने तथा विस्थापीत बन्न बाध्य फ्रेन्च कम्युनिष्टलाई सन् १९८० मा आम माफी दिइएपछि कम्युनिष्टहरुलाई पनि आफ्नो गतिबिधि संचालनका लागि सीमित अनुमति प्रदान गरिएको थियो । सन् १९२० मा फ्रान्समा कम्युनिष्ट पार्टी खुलेपनि पार्टी स्थापनाकै बेला सोभियत क्रान्तिलाई हेर्ने दृष्टिकोणले फ्रान्सेली कम्युनिष्टहरु एकतावद्ध हुन भने सकेनन । दोस्रो विश्वयुद्धको पूर्बसन्ध्यामा फ्रेन्च कम्युनिष्टहरु फ्रान्सको महत्वपूर्ण शक्तिका रुपमा उदाए । सन् १९४५ मा दोस्रो विश्वयुद्धकालीन सरकारमा फ्रान्सेली कम्युनिष्ट पार्टी एक महत्वपूर्ण हिस्साका रुपमा रहेको थियो भने जर्मनीको कब्जाबाट फ्रान्सलाई जोगाउन निकै शसक्त प्रतिरोधमा उत्रिएको थियो । तर जर्मनले फ्रान्स कब्जा गरेपछि कम्युनिष्ट पार्टीका शिर्ष नेताहरुले निर्वासीत जीवन बिताउनुपरेको थियो । पछिल्लो बर्ष फ्रान्समा कम्युनिष्ट पार्टीहरु चुनावी कार्यगत एकतामा पनि लागेका छन् ।

२० औं शताब्दीमा स्थानीय सरकारमा अग्रणी बनेको फ्रेन्च कम्युनिष्ट पार्टीले ग्रामीण बिकास, सडक, बत्ति, सरसफाई, सार्वजनिक मनोरञ्जन, सार्बजनिक आबास, खेल मैदान, बाल मनोरञ्जन स्थल, सार्बजनिक शौचालयको र सडक निमार्ण जस्ता अभियान निकै लोकप्रिय र सफल बनेका थिए । दोस्रो विश्वयुद्धमा खेलेको भूमीकाका कारण युद्धको समाप्तीसंगै फ्रान्समा कम्युनिष्ट पार्टीको आकर्षण ह्वातै बढेको थियो ।
अहिलेपनि फ्रान्सेली कम्युनिष्ट पार्टी (पीसीएफ)ले श्रमीक र मजदुर बर्गमा विशेष प्रभाव जमाइरहेको छ । फ्रान्सको दोस्रो धेरै सक्रिय कार्यकर्ता भएको फ्रेन्च कम्युनिष्ट पार्टीमा १ लाख ३८ हजार सक्रिय सदस्यहरु रहेका छन् । सन् १९२० मा स्थापना भएको पार्टी फ्रान्सका ३ वटा सरकारमा सामेल भइसकेको छ । सन् १९४५ देखी १९६० सम्म फ्रान्सको दोस्रो ठूलो शक्तिमा रहेको पीसीएफ पार्टी सन् १९७० देखी समाजवादी पार्टीको लोकप्रीयता बढ्दै जा“दा केही खस्कन पुग्यो । सन् १९९० मा सोभियत संघको पतनपछि कम्जोर बन्न पुगेपनि अहिले पार्टी आफ्नो शाखको पुनरावृतीमा छ ।
सन् १९४६ को निर्वाचनमा फ्रेन्च कम्युनिष्ट पार्टीले ६२७ सदस्यीय एशेम्लीमा १ सय ८२ सिट जितेको थियो, जुन फ्रान्सको सम्पूर्ण भोटको २८ प्रतिशत थियो । सन् १९४७ देखी १९८१ सम्म फ्रान्सेली कम्युनिष्ट पार्टीको औषत मतदाता २० प्रतिशतको हाराहारीमा रहेपनि त्यसपछि उसको लोकप्रियता खस्केको थियो । सन् १९८६ को चुनावमा पीसीएफले ९.७ प्रतिशत मत प्राप्त गरेको थियो । सन् १९८८ को चुनावमा ११.३ प्रतिशत मत प्राप्त गरेको थियो भने सन् १९९३ को चुनावमा ९.१ प्रतिशत मत प्राप्त गरेको थियो । फ्रान्सेली कम्युनिष्ट पार्टी पीसीएफको ५७७ सदस्यीय नेशनल एशेम्लीमा १० सीट छ भने सन् २०१२ मा भएको आम चुनावमा ६.९ प्रतिशत मत प्राप्त गरेको थियो । सन् २०१२ को राष्ट्रपति चुनावमा संयुक्त बामपन्थीहरुको तर्फबाट उठेका उमेद्वारले ११ प्रतिशत मत प्राप्त गरेका थिए । फ्रेन्च कम्युनिष्ट पार्टी औपचारीक रुपमा पहिलो विश्वयुद्धपछि सन् १९२० मा स्थापना भएपनि फ्रान्समा बामपन्थी सुझाब पार्टी खुल्नु पा“च दशकअघिदेखीनै भएको थियो । सन् १८७१ मा फ्रेन्च कम्युनिगटहरुले पेरिस कब्जा समेत गरेका थिए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पर्वतका कुल आचार्यद्वारा गृह जिल्लावाटै एनआरएनएको अध्यक्ष पदमा उमेदवारी घोषणा

दोहोरी गीत प्रतिष्ठान पर्वतको सम्मान तथा साधारण सभा सम्पन्न

म्याग्दीका गाउँगाउँमा ‘सेतो पुतली झुस’: आँखाको ज्योति गुमाउँदै स्थानीय, कसरी हुन्छ सङ्क्रमण ?

अनेरास्ववियू क्रान्तिकारी पर्वतको अध्यक्षमा साजन परियार

मेक्सिको जान लागेका १८ नेपाली जर्मनीको विमानस्थलमा समातिए