विरोध प्रदर्शनमा सहभागी हुन एनआरएन युकेको आग्रह
उनले त्यसमा साथ दिनका लागि बेलायतमा रहेका सबै नेपालीलाई समेत आग्रह गरेका छन् । यसले मिडिलइष्टमा रहेका समग्र कामदारको पक्षमा सहयोग पुग्ने भन्दै बेलायतवासी सबै नेपाली लन्डनस्थित कतारी दूतावासमा हुने विरोध प्रदर्शनमा सहभागी हुन उनले आग्रह गरेका हुन् ।
अक्टोबर १२ मा मिडिलइष्टमा नेपाली कामदारहरुका बारेमा आवाज उठाउन कतारी दूतावासमा विरोध प्रदर्शन गर्ने कार्यक्रम छ । उक्त विरोध प्रदर्शनले मिडिलइष्टमा देशहरुले नेपालीहरुको पक्षमा काम गर्न दबाब पर्ने विश्वास पनि एनआरएन युकेले गरेकेा छ ।