शालिन नायिकाको डरलाग्दो रुप

शालिन नायिकाको रुपमा चुपचाप देखिएकी गरिमा पन्तको गरिमालाई खासै आँकन भएको पाइदैन । उनीभित्रको खुवीलाई उजागर गर्न सक्ने निर्माता–निर्देशक पनि भेटिएको छैन् । जसले गर्दा आम बजारमा नायिकाहरुको चर्चा–परिचर्चा अगाडि उनी अवश्य पछाडि परेको मान्नै पर्दछ । यद्यपि, उनी भित्रको खुवीलाई निर्माता तथा निर्देशक यादव भटृराईले चलचित्र झोलामा गजवले उजागर गरेको हल्ला नआएको पनि होइन। सति प्रथा विरुद्धको साहित्यकार कृष्ण धरावासीको उपन्यासमा आधारित चलचित्र झोलामा प्रमुख नायिकाको रुपमा उनी रहेकी छन् । झोलाको छायाँकन अवधिभर प्राय दृश्यमा विना मेकअप काम गरेकी यी नायिकाको जवानीलाई पातमा बेरेर पस्कने प्रयास भएको छ । कथाले मागेको दृश्य भएर पनि होला–गरिमाले आफ्नो अभिनयको गरिमा नघटाइकन झोलामा उक्त दृश्य दिएकी छन् । दन्किन लागेको चित्तामा अर्धनग्न भएर बसेर सति जाने दृश्य दिनुको अलावा जवानीलाई पातले बेह्रेर गुफा–गुफा चहार्ने कठिन कार्य पनि उनीवाट भएको छ । यसअर्थमा पनि, शालिन नायिकाको डरलाग्दो रुपको प्रस्तुतिको रुपमा उनलाई झोलामा छिटृै हेर्न पाइने भएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

मुस्लिम समुदायका बालबालिकालाई विद्यालयमा टिकाउनै गाह्रो

जलजलाको बगरफाँट जोड्न कालीगण्डकीमा शुरु भयो बेली ब्रिज निर्माण

पूर्णेश्वरका भूपू विद्यार्थीले विद्यार्थी र शिक्षकको रक्त समूह पहिचान गर्दै

पर्वतका चारवटा मोटरेबलपुल, निर्माणको काम सुरु नहुँदै अनिश्चित

स्वास्थ्य बिमामा बेथिति : उपचारभन्दा सास्ती बढी